नेपाल भ्रमणका लागि आज (आइतबार)बिहान काठमाडौं आइपुगेका चिनियाँ कम्युनिस्ट पार्टीका (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले आजैदेखि उच्चस्तरीय भेटवार्ता शुरु गर्ने भएका छन् । उनले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेट्ने कार्यक्रम तय भएको छ । लिउले भोलि (सोमबार) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गर्नेछन् ।
लिउले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मंगलबार बिहान ओली निवास बालकोटमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले जानकारी दिएका छन् ।
चिनियाँ विदेश विभाग प्रमुखले बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । ६ सदस्यीय चिनियाँ टोली लिएर आएका लिउ एअर चाइनाको विमानबाट आज बिहान पौने ११ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
चिनियाँ नेता लिउलाई परराष्ट्र मन्त्रालयका डेपुटी चिफ अफ प्रोटोकल रेवती पौडेल र प्रमुख दलका विदेश विभागका नेताले स्वागत गरेका थिए । नेपाल भ्रमणमा आएको चिनियाँ नेता लिउको टोली चार दिनसम्म रहने छ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९