अब सिभिल अस्पतालमा आँखाको विशिष्टिकृत सेवा

अब सिभिल अस्पतालमा आँखाको विशिष्टिकृत सेवा


अब सिभिल अस्पतालमा आँखाको विशिष्टिकृत सेवा

काठमाडौँ ।  सिभिल अस्पतालले आँखाको विशिष्टिकृत सेवा प्रदान गर्ने भएको छ । 

अस्पतालले तिलगङ्गा अस्पतालसंगको समन्वयमा आँखाको विशिष्टिकृत सेवा प्रदान गर्ने भएको हो । 

अस्पतालका कार्यकारी निर्देशन बीच प्राडा. विधाननिधि पौडेल र तिलगङ्गा आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङबीच आज सिभिल अस्पताललाई विशिष्टिकृत सेवा संचालन गर्नेबारे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

अस्पतालका कार्यकारी निर्देशक डा. पौडेलले सिभिलमा आँखाको विशिष्टिकृत सेवा संचालन गर्नका  तिलगङ्गासंग प्राविधिक सहयोग गर्नेका लागि सहमति पत्रमा हस्ताक्षर गरिएको बताए  । 

उनले तिलगङ्गाको सहयोगमा सिभिल आखाको विशिष्टिकृत सेवा केन्द्र स्थापना गर्ने बताए । 

 सिभिल अस्पतालमा एक बर्षदेखि आँखाको उपचार सुचारु रहेको छ । अहिलेका आँखाका एक जना चिकित्सक र दुई जना प्राविधिक रहेका छन् । निर्देशक डा. पौडेलले चाँडै तीन जना चिकित्सक राखेर सेवा सुचारु जानकारी दिए ।

उनका अनुसार विरामीलाई चाहिन चश्मा सस्तो अस्पतालमा नै बनाएर उपलब्ध गराइरहेको छ । 

सहमति अनुसार तिलगङ्गा अस्पतालले सिभिल अस्पतालका आँखाका चिकित्सक र प्राविधिकलाई तालिम दिने, दक्ष जनशक्ति उप्पादन गर्न सहयोग गर्ने, सिभिल अस्पतालमा आखाँका शल्यक्रिया गर्न शल्यकक्षको डिजायन र सामाग्री खरिदका लागि सहजिकरण गर्ने सहमति भएको छ ।  

यस्तै तिलगङ्गामा उपचार गर्न आएका आँखा सम्बन्धि विरामीलाई अन्य रोग देखिएका त्यसको उपचार उपचार सिभिल अस्पतालले गर्ने, तिलगङ्गा नभएका प्रयोगशालाका परीक्षणहरु एमआरसी, सिटी स्क्यान सिभिल अस्पतालले गर्ने पनि सहमति भएको छ । 

यस्तै सिभिल अस्पतालमा नभएका आँखाका विरामीलाई विशिष्टिकृत सेवा तिलगङ्गालाई रिफर गर्ने तथा शैक्षिक कार्यक्रम, अनुसन्धान कामहरु एक अर्काको समन्वयमा गर्ने पनि सहमति भएको छ । 


प्रकाशित मिति: सोमबार, २७ असार, २०७९, २१:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९