बैठकमा हाम्रो कुरा राख्न दिनुहोस्, म उपेन्द्रजीलाई अनुरोध गर्छु : डा. भट्टराई

बैठकमा हाम्रो कुरा राख्न दिनुहोस्, म उपेन्द्रजीलाई अनुरोध गर्छु : डा. भट्टराई


बैठकमा हाम्रो कुरा राख्न दिनुहोस्, म उपेन्द्रजीलाई अनुरोध गर्छु : डा. भट्टराई

 जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले कार्यकारी अध्यक्ष उपेन्द्र यादवलाई छलफलका लागि आग्रह गरेका छन् ।

काठमाडौंको जडिबुटीमा आजदेखि शुरु भएको आफू पक्षीय केन्द्रीय समितिको बैठकमा उनले भोलिदेखि वीरगञ्जमा हुन लागेको केन्द्रीय समितिको बैठकलाई गुटको बैठकको संज्ञा दिए । बैठक रोकेर वार्तामा आउन उनको आग्रह छ ।

उनले बैठकमा आफ्ना कुरा राख्न दिन समेत आग्रह गरेका छन् । ‘कुनै बाउआमाले आफ्नो सन्तानलाई मार्दैन । त्यस्तै हो, हामी पनि पार्टी फुटाउन चाहन्नौँ । अवैध र गुटको बैठक स्थगित गरेर सल्लाह गर्न आउनुहोस्, बैठक बसौं’, उनले भने, ‘त्यहाँ आएर हामी गलत रहेछौँ भने हामीलाई नङ्ग्याउनुहोस् । तर, बैठकमा हाम्रो कुरा राख्न दिनुहोस्, म उपेन्द्रजीलाई अनुरोध गर्छु ।’ उनले आफूरूको पार्टीमा कालो बादल मडारिरहेको पनि बताएका छन् ।


प्रकाशित मिति: मंगलबार, २८ असार, २०७९, १५:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९