नेपाल र खनालसँग लिउ जियानचाओको भेट

नेपाल र खनालसँग लिउ जियानचाओको भेट


नेपाल र खनालसँग लिउ जियानचाओको भेट

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी ९सिपिसी० का विदेश विभाग प्रमुख लिउ जियानचाओले आज शिष्टाचार भेट भएको छ ।

नयाँ बानेश्वरस्थित एक होटलमा उनस्हरूबीच भेटवार्ता भएको हो ।

भेटवार्तापछि अध्यक्ष नेपालले सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै कसरी नेपाल र चीनबीचको सम्बन्धलाई बलियो बनाउने विषयमा छलफल भएको बताए ।

अध्यक्ष नेपालले चीन विरुद्ध नेपालको भूमि प्रयोग हुन नदिने नेपालको परराष्ट्र नीतिबारे आफूहरूले विश्वस्त बनाएको बताए ।

 दुवै देशका राजनीतिकलगायत विभिन्न तहबाट हुने भ्रमणबाट एकापसमा सम्बन्ध सुमधुर रहने सिपिसीका विदेश विभाग प्रमुख जियानचाओले विचार व्यक्त गरेका र विभिन्न पार्टीसँग सम्बन्ध सुमधुर बनाउन चाहेको बताए  ।

सो अवसरमा सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्षद्वय जयन्ती राई र प्रमेश हमाल, उपमहासचिवद्वय डा गङ्गालाल तुलाधर र जगन्नाथ खतिवडा, सचिव प्रकाश ज्वालालगायत नेता सहभागी रहेको थियो ।


प्रकाशित मिति: मंगलबार, २८ असार, २०७९, १९:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९