काठमाडौँ । नेपाली कांग्रेसको बैठकमा केन्द्रीय समितिका पदाधिकारी र सदस्यको मर्यादाक्रम निर्धारणसम्बन्धी मस्यौदा छलफलका लागि प्रस्तुत गरिएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले मर्यादाक्रम निर्धारणसम्बन्धी मस्यौदा छलफलका लागि प्रस्तुत गरेका थिए ।
सो प्रस्तावउपर सामान्य सुझाव आएको र छलफलपश्चात् पारित हुने उनले बताए ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकमा स्थानीय तहको निर्वाचन–२०७९ को समीक्षा हुनुका साथै सो सम्बन्धमा केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने क्रम जारी छ ।
यसैगरी निवेदन प्राप्त थप भ्रातृ र शुभेच्छुक संस्थालाई मान्यता दिने सम्बन्धमा बैठकमा छलफल भएको सहमहामन्त्री पाण्डेले बताए ।
यही असार २७ गतेदेखि सुरु भएको बैठकमा आज नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य चित्रलेखा यादव, उमा रेग्मी, जीपछिरिङ लामा, पदमनारायण चौधरी, आनन्दप्रसाद ढुङ्गाना, शङ्कर भण्डारी, मीनबहादुर विश्वकर्मा, श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ, मोहनबहादुर बस्नेत, रमेश लेखक, अमृत अर्याल, कर्णबहादुर बुढा, डा. गोपाल दहित, योगेन्द्र चौधरी, गेहेन्द्र गिरीले आफ्ना धारणा राखेका थिए ।
यसैगरी बैठकमा केन्द्रीय सदस्य चन्द्रबहादुर केसी, मानबहादुर नेपाली, उमेशजङ्ग रायमाझी, उदयशम्शेर राणा, जितजङ्ग बस्नेत, गोविन्दबहादुर शाह, राजेन्द्रकुमार केसी, दिलमान पाख्रिन, महेन्द्रकुमारी लिम्बू, रामहरि खतिवडा, सरस्वती बजिमय, प्रकाश रसाइली स्नेही, रङ्गमती शाही, कुन्दनराज काफ्ले, प्रा डा गोविन्दराज पोखरेल, नानु बास्तोला र सुशीला थिङले आ–आफ्नो धारणा राखेका थिए ।
केन्द्रीय कार्यसमितिको बैठक असार २९ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने पार्टी कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९