अहिले राजनीतिक दलहरूको योगदानप्रति घृणा फैलाउने प्रवृत्ति बढ्यो : ओली

अहिले राजनीतिक दलहरूको योगदानप्रति घृणा फैलाउने प्रवृत्ति बढ्यो : ओली


अहिले राजनीतिक दलहरूको योगदानप्रति घृणा फैलाउने प्रवृत्ति बढ्यो : ओली

 प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीले अहिले राजनीतिक दलहरूको योगदानप्रति घृणा फैलाउने प्रवृत्ति बढिरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

काठमाडौंमा बुधबार मानवअधिकार एलायन्सद्वारा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । राजनीतिक दलहरूले लामो समय संघर्ष र योगदान गरेर परिवर्तन र रुपान्तरण गरेको भन्दै कुनै पनि राजनीतिक दलले सत्तामा पुगेर मानव अधिकार रक्षा गर्न सक्ने उनले बताए ।

गत वैशाखको स्थानीय तह र आगामी संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूलाई लक्षित गर्दै उनले राजनीतिक दलहरूले परिवर्तन गर्नसक्ने बताएका थिए । साथै अहिले दलीय प्रणाली सर्वमान्य व्यवस्था रहेको उनको भनाइ थियो ।

स्वतन्त्र उम्मेदवारहरूलाई लक्षित गर्दै अध्यक्ष ओलीले अहिले ‘ठूलो बन्न’ र ‘जान्ने हुन’ का लागि दलहरूलाई गाली गर्ने चलन रहेको बताए । ‘अहिले ठूलो बन्न र जान्ने हुनका लागि दलका नेतालाई गाली गर्नुपर्छ । यो राम्रो हैन । दलहरूको आवश्यकता हिजो पनि थियो । आज पनि छ र भोलि पनि हुन्छ,’ ओलीले बताए ।


प्रकाशित मिति: बुधबार, २९ असार, २०७९, १७:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९