उपत्यकामा मात्रै १२५ जनामा सङ्क्रमण पुष्टि

उपत्यकामा मात्रै १२५ जनामा सङ्क्रमण पुष्टि


उपत्यकामा मात्रै १२५ जनामा सङ्क्रमण पुष्टि

काठमाडौँ । पछिल्ला केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । आज एकै दिन २०० बढी सङ्क्रमित फेला परेका छन् ।

स्वाथ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज तीन हजार बढी नमूना परीक्षण गर्दा २०६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घन्टामा दुई हजार ८२ नमूनाको पिसिआर विधिबाट परीक्षण गर्दा १७७ र एक हजार ९३ नमूनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २९ गरी कुल २०६ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए। यससँगै सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ५ पुगेको छ ।

आज उपत्यकामा १२५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

काठमाडौँमा १००, ललितपुरमा १८ र भक्तपुरमा ७ सङ्क्रमित भेटिएका छन् । काठमाडौँ उपत्यकामा मात्रै सक्रिय सङ्क्रमितको सङ्ख्या ६९४ छ । होम आइसोलेनमा ९८४ र संस्थागत आइसोलेनमा २१ छन् । सोमध्ये १२ जना आइसियू र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

बुधबार ५४ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । हालसम्म ११ लाख २१ हजार ५०७ सङ्क्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घन्टामा ६३ हजार ३७८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

अहिले विश्वभर कोरोना भाइरसको ‘बिए–५’ भेरियन्ट फैलिएको जनाउँदै उनले सङ्क्रमणबाट बच्न जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरे ।


प्रकाशित मिति: बुधबार, २९ असार, २०७९, १८:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९