राम्रो राजनीति चाहने हो भने राम्रो पार्टी चाहियो: घनश्याम भूसाल

राम्रो राजनीति चाहने हो भने राम्रो पार्टी चाहियो: घनश्याम भूसाल


राम्रो राजनीति चाहने हो भने राम्रो पार्टी चाहियो: घनश्याम भूसाल

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता घनश्याम भूसालले देश राम्रो बनाउने हो भने पहिले राम्रो राजनीति चाहिने बताएका छन् ।

आज बिहीबार ललितपुरमा नेपालमा विज्ञान तथा सूचना प्रविधिसम्बन्धी नीति संवाद कार्यक्रममा बोल्दै भूसालले राम्रो राजनीति चाहने हो भने राम्रो पार्टी चाहिने बताएका हुन् । उनले विज्ञानको विकास कर्मचारीतन्त्रलाई खेदेर मात्र, पुँजीपति वा वैज्ञानिकले घोत्लिएर मात्र सम्भव नहुने बताए ।

उनले भने, ‘राम्रो राष्ट्र परिकल्पना गर्न राजनीति चाहियो, राम्रो राजनीति चाहने हो भने राम्रो पार्टी चाहियो । खराब राजनीतिक पार्टी भएको देशको राम्रो भविष्य हुँदैन । राम्रो पार्टी भनेको वैज्ञानिक चेतना भएको पार्टी हुनुपर्‍यो । वीपीले २०१२ सालतिर प्रजातान्त्रिक समाजवाद भनेर एउटा वाक्य लेख्नुभएको थियो । अहिले पनि काँग्रेस त्यही भन्दैछ । प्रजातान्त्रिक समाजवाद कसरी आउँछ भनेर वैज्ञानिक तरिकाले भनिदियो वा परीक्षण गर्न सकिने तरिकाले भनिदियो भने त्यो कांग्रेसको वैज्ञानिक विचार भयो । तर त्यो कसैले भन्दैन ।’

पढेका, जाने-बुझेका ३० लाख हाराहारी मानिसहरु सदस्यता लिएर हाल सक्रिय राजनीतिमा रहेको बताउँदै भूसालले तर उनीहरुको चेतना बैज्ञानिक नभएको तर्क गरे । नेता भूसालले यस्तो अवस्थामा मुलक कता जान्छ भन्दै प्रश्न समेत गरेका छन् । देशमा यस्तो अस्वस्थ रहँदा माथिल्लो राजनीतिक नेतृत्वले गाडी र साडी व्यापारी पुँजीपतिसँग लगन गाँठो कसेर राष्ट्र दोहन गरेर बस्ने र ज्ञान, विज्ञान र चेतना मर्ने बताए ।

उनले एमालेले समृद्ध नेपाल सुखी नेपाली भन्ने गरेको, माओवादी केन्द्रले २१ औं शताव्दीको वैज्ञानिक जनवाद भन्ने गरेको तर त्यो कसरी आउँछ भन्न नसकेको बताए । उनले थपे, ‘‘हामी एमालेवालाले भन्ने गरेको छौँ समृद्ध नेपाल सुखी नेपाली तर कसरी आउँछ थाहा छैन् । प्रचण्ड कमरेडले अस्ती पार्टीको महाधिवेशनमा २१ औं शताब्दीको वैज्ञानिक के-के भन्नुभयो त्यो कसरी आउँछ थाहा छैन् । नेकपा एकीकृत समाजवादी यात्रा समृद्धिको लक्ष्य समाजवादको भन्छ, कसरी आउँछ परीक्षण गर्न सक्ने गरी भनिदेउन ।’

उनले भने, ‘दुईमा दुई जोड्दा चार हुन्छ । तीनमा २ घटाउँदा १ हुन्छ, ३ मा २ जोड्दा ५ हुन्छ भने जस्तै गरी बताइ दियो भने समृद्ध नेपाल सुखी नेपाली, २१ औं शताब्दीको वैज्ञानिक समाजवाद, यात्रा समाजवादको, प्रजातान्त्रिक समाजवादको प्रस्ट हुन्थ्यो । यिनको यी सिद्धान्त यिनीहरुले बनाएका यी कार्यक्रमहरु वैज्ञानिक छैन ।’


प्रकाशित मिति: बिहिबार, ३० असार, २०७९, १४:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९