उपसभामुखमा एमालेबाट भट्टराईको मनोनयन दर्ता

उपसभामुखमा एमालेबाट भट्टराईको मनोनयन दर्ता


उपसभामुखमा एमालेबाट भट्टराईको मनोनयन दर्ता

प्रतिनिधिसभाको उपसभामुखमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ । संघीय संसद सचिवालय पुगेर भट्टराईले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी छन् । उनको प्रस्तावक प्रतिनिधिसभा सचेतक शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन् ।

एमालेको तर्फबाट भट्टराईलाई उपसभामुखमा उठाइएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् ।
पोखरेलले भने, ‘भोलि मनोनयन फिर्ता गर्ने बेलासम्ममा लोसपालाई सघाउने गरी फिर्ता लिने चान्स पनि छ ।’ लोसपाबाट उपसभामुखमा समानुपातिक सांसद चन्दा चौधरीलाई उठाउन सक्ने सम्भावना छ ।

यता पाँच दलीय सत्ता गठबन्धनबाट कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमलाई उपसभामुखमा उम्मेदवार बनाएको छ । भुसालले मनोनयन दर्ता गराइसकेकी छन् । २०७६ सालदेखि खाली उपसभामुख पदका लागि शुक्रबार निर्वाचन हुँदै छ । बुधबार आयोजित प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख चयनका लागि निर्वाचन मिति घोषणासँगै कार्यतालिका सार्वजनिक गरिसकेका छन् । शुक्रबार दिउँसो ३ बजे उपसभामुखका लागि निर्वाचन हुँदैछ ।


प्रकाशित मिति: बिहिबार, ३० असार, २०७९, १४:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९