एसपीपी अस्वीकार गरेको पत्र तत्काल पठाऔं : नारायणकाजी

एसपीपी अस्वीकार गरेको पत्र तत्काल पठाऔं : नारायणकाजी


एसपीपी अस्वीकार गरेको पत्र तत्काल पठाऔं : नारायणकाजी

राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले अमेरिकी स्टेट पार्टनर सीप प्रोग्राम (एसपीपी) सम्झौता अस्वीकार गरेको पत्र तत्काल अमेरिकी सरकारलाईपठाउन आग्रह गरेका छन् ।

राष्ट्रिय सभाको आज (बिहीबार) को बैठकमा बोल्दै श्रेष्ठले एसपीपी सम्झौता कार्यान्वयन नगर्ने पत्र पठाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले भने, ‘एसपीपी एग्रिमेण्टबारे राष्ट्रव्यापी बोल्यौं । नेपाललाई सैन्यमोर्चातर्फ धकेलिने कार्य गर्नु हुँदैन भन्यौं । परिणामस्वरुप त्यसलाई अघि नबढाउने निर्णय सरकारले गर्‍यो । सरकारले अहिलेसम्म पत्र लेखेन । पत्र लेख्नुपर्‍यो । सरकारको तर्फबाट हामी एसपीपीलाई अघि नबढाउने र यस प्रकारका सम्झौता नगर्ने निणर्य गरेका छौं भनेर अमेरिकी सरकारलाई पत्र पठाउनु पर्‍यो ।’ कुनै पनि सैनिक गठबन्धन वा शक्ति राष्ट्रहरुसँग अन्तर्निहीत हुने कुनै पनि कदम चाल्न सरकार तयार हुन नहुने उनले बताए ।


प्रकाशित मिति: बिहिबार, ३० असार, २०७९, १७:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९