हतियार किन्ने कुनै योजना छैन : प्रधानमन्त्री

हतियार किन्ने कुनै योजना छैन : प्रधानमन्त्री


हतियार किन्ने कुनै योजना छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले प्रहरीका लागि हतियार किन्ने सरकारको योजना नरहेको बताए।

ललितपुर सानेपामा जारी कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा नेताहरुले उठाएका प्रश्नको आज जवाफ दिने क्रममा देउवाले यस्तो बताएका हुन ।

कांग्रेस सभापतिसमेत रहेका देउवालाई नेता गोपालमान श्रेष्ठले देश आर्थिक संकटमा परिरहेका बेला हतियार किन्न ठीक नहुने सुझाव दिए ।

पछिल्लो ७ वर्षदेखि हात हतियार खरिद नगर्दा चरम अभाव झेल्नु परेको गुनासो नेपाल प्रहरीले गरिरहेको छ।

सरकारले हातहतियार खरिदका लागि नेपाल प्रहरीलाई बजेट विनियोजन गरेपछि प्रक्रिया अगाडि बढाएको थियो। तर खरिद प्रक्रिया र मूल्यलाई लिएर पनि यो कुरा विवादित बनेको छ।

 


प्रकाशित मिति: बिहिबार, ३० असार, २०७९, १८:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९