बिजुली बजारमा प्रदर्शन
काठमाडौँ । यतिबेला काठमाडौको बानेश्वर–माइतीघर क्षेत्रको सडक बन्द भएपछि भित्री सडकहरु अस्तव्यस्त भएका छन् । विहान ९ बजेदेखि शिक्षकहरुको आन्दोलनले बानेश्वर माइतीघरको सडक अस्तव्यस्त भएको भएको हो । शिक्षकहरुको आन्दोलन अहिले १२ बजेसम्म हुनेछ । १२ बजेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौको बिजुली बजारमा प्रदर्शन गर्ने भएको छ । बिहान ११ बजेबाट भेला भई बिजुली बजारमा प्रदर्शन गर्ने राप्रपाले जनाएको छ । राप्रपाको आन्दोलन शुरु भएपछि शिक्षकहरुले मैदान खाली गर्ने भएका छन् । आज दिनभर नै सडक जाम हुनेछ । सवारी साधान लिएर हिड्ने सर्वसाधारणलाई ट्राफिक प्रहरी कार्यालयले भित्री बाटो प्रयोग गर्न भनिसकेको छ ।
शिक्षकहरु आन्दोलन १२ बजे नै सकिएपनि राप्रपा समर्थित प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्ने अभिव्यक्ति दिएसँगै उपत्यका प्रहरी कार्यालयले काठमाडौको सुरक्षा व्यवस्था कडा पारेको छ । जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर सुरक्षा योजना अनुसार काठमाडौको सुरक्षा व्यवस्था कडा पारिएको हो । उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालका अनुसार आइतबारको प्रर्दशनमा अप्रिय घट्ना हुन नदिन र निषेधित क्षेत्र तोड्न नदिने गरी सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।
राप्रपाले प्रदर्शनको लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको छैन । अनुमति नलिएको र निषेधित क्षेत्र तोड्ने सुराक पाएसँगै निषेधित क्षेत्रमा सुरक्षा कडाइ गरिएको छ । राप्रपाले आमसभा अन्य कार्यक्रम नभएकाले अनुमित नलिएको हुनसक्ने आशंका गरिएको छ ।
प्रदर्शनकारीहरू भद्रकाली, बबरमहल र बालुवाटारमा जम्मा हुन लागेका छन् । जिल्ला सुरक्षा समितिबाट पारित सुरक्षा योजना अनुसार प्रदर्शन स्थल र निषेधित क्षेत्रमा नेपाल प्रहरीलाई सहयोग गर्नेगरी सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ । अहिले उपत्यका सबै जिल्लाको सडक अस्तव्यस्त भएपछि प्रहरीले आफ्नै तैनाथी र मद्दती फौजलाई बडढाएको छ । गत चैत १५ गतेको हिंसात्मक गतिविधिलाई ध्यान दिएर पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले शनिवार नै विज्ञप्ति जारी गरेर निषेधित क्षेत्र तोड्न नदिने जनाइसकेको छ । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शन हिंसात्मक हुँदा दुई जनाले ज्यान गुमाउनु परेको थियो। सो घटनामा संलग्न भएको आरोपमा मुख्य आरोपी दुर्गा प्रसाईंसहित राप्रपा उपाध्यक्ष रविन्द्र मिश्र लगायत अहिले पनि हिरासतमा रहेका छन् ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९