पर्साको कालिकामाईमा जसपा र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा वडाध्यक्षसहित पाँच घाइते

पर्साको कालिकामाईमा जसपा र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा वडाध्यक्षसहित पाँच घाइते


पर्साको कालिकामाईमा जसपा र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा वडाध्यक्षसहित पाँच घाइते

पर्साको कालिकामाई गाउँपालिकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको छ । शुक्रबार डाकिएको गाउँ सभा स्थगित भइसकेपछि उनीहरुबीच झडप भएको हो ।

झडपमा परी वडा नं ३ का अध्यक्ष सञ्जयकुमार पटेलसहित पाँच जना घाइते भएका छन् । घाइतेहरुको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । वडा अध्यक्षको गालामा चोट लागेको छ । त्यसैगरी वडा नं ४ बस्ने अन्दाजी ७० वर्षीय महम्मद गफार मिया, ४० वर्षीय महम्मद एकबाल मिया, ४५ वर्षीय अकबर मिया र ३१ वर्षीय विजय चौरसिया घाइते भएका छन् ।

घाइतेमध्ये महम्मद मियाको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ । घटनामा संलग्न रहेको आरोपमा ५५ वर्षीय ध्रुव साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।


प्रकाशित मिति: शनिबार, ३२ असार, २०७९, १०:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९