बामपन्थी एकता गर्न कांग्रेससंगको गठबन्धन तोड्न ओलीको आग्रह

बामपन्थी एकता गर्न कांग्रेससंगको गठबन्धन तोड्न ओलीको आग्रह


 बामपन्थी एकता गर्न कांग्रेससंगको गठबन्धन तोड्न ओलीको आग्रह


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोही वामपन्थी  भए कांग्रेसको पुच्छर हुन छाडेर एकतामा आउन आव्हान गरेका छन् ।

शनिबार नेपाल चीन हिमालय मैत्री समाजले काठमाडौंमा  आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था : चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा बोल्दै  नारायणकाजी श्रेष्ठले  वाम एकताको पहल गर्न आग्रह गरेपछि ओलीले  त्यसका लागि गठबन्धन छाडेर आउँन आग्रह गरेका हुन् ।

ओलीले भने– यदि कोही वाम पार्टी छन् भने कांग्रेसका पछि नलाग्न,गठबन्धन छाड्न, एसपीपी नगर्न र वामपन्थी एकतामा आउँन आग्रह गर्छु। चौंरीको पुच्छर जस्तो कांग्रेसको पुच्छर हुने अनि वामपन्थी पनि भन्ने ? कम्युनिस्ट सरकार ढालेर कांग्रेस सरकार बनाउँन अदालतमा मद्दा हाल्न गएको होइन वामपन्थी ? कम्युनिस्ट सरकार ढालेर देउवाजीको नेतृत्वमा गठबन्धन सरकार बनाउँन संसदबाट सकेनौं त्यसैले परमादेश जारी गरिपाउँ भनेर गएको होइन वामपन्थी  ? 

ओलीले नेपालमा देशभक्तहरुलाई विदेशी शक्तिसँग सौदाबाजी गरेर सत्ताबाट हटाइने गरेको बताए । 

उत्तरतिरका १७ वटा भारतीय चेकपोस्ट हटाएबापत कीर्तिनिधि विष्टलाई प्रधानमन्त्रीबाट हटाइएको स्मरण गर्दै ओलीले उत्तरतिर पारवहन सम्झौता गरेबापत र चुच्चे नक्सा छापेबापत आफू सत्ताबाट हट्नु परेको बताए । 

अध्यक्ष ओलीले २००७ सालदेखि २०१२ सालसम्म नेपालको सार्वभौमिकता सबैभन्दा कमजोर बनेको भन्दै अहिले त्यही अवस्था आएको टिप्पणी गरे । गठबन्धन सरकारले नेपालको स्वाधीनतालाई सत्तासँग सौदाबाजी गरेको पनि उनको भनाई रहेको छ । 

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सबै वामपन्थी पार्टीहरुलाई तालमेलका लागि आग्रह गरेका छन् । मुलुकलाई संकटबाट जोगाउनका लागि पनि सबै वामपन्थी शक्तिहरु तालमेल गरेर अघि बढनुपर्ने उनको तर्क छ । 

नेपालमा वामपन्थीहरु मात्रै देशभक्त महत्वपूर्ण शक्ति भएको उल्लेख गर्दै उनले उनीहरुबीचमै एक अर्कालाई सिध्याउने काम भए मुलुक नै संकटमा पर्न भन्दै चिन्ता व्यक्त गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै उनले सबै वामपन्थी नेताहरुले कमीकमजोरी भए आत्मसमीक्षा गर्दै तालमेलको बाटोमा अघि बढनुपर्ने आवश्यक्ता औंल्याए । 


प्रकाशित मिति: शनिबार, ३२ असार, २०७९, २१:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९