नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउन बालुवाटार पुगेका अखिल(क्रान्तिकारी)का कार्यकर्ता पक्राउ परेका छन् ।
सत्तारुढ दल माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी) र नेपाली कांग्रेस निकट नेविसंघले गभर्नरको राजीनामा माग गर्दै राष्ट्र बैंकमा घेराउ गर्न पुगेका थिए । आइतबार बिहान १० बजे बालुवाटार ३ नम्बर गेटसँगै रहेको नेपाल राष्ट्र बैंकको गेटबाट प्रहरीले अखिलका ५ जना कार्यकर्तालाई पक्राउ गरेको हो ।
गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउने क्रममा उनीहरुले निषेधित क्षेत्रमा नाराबाजी गरेपछि उनीहरुलाई पक्राउ गरेको हो । गभर्नर अधिकारीको राजीनामाको माग गर्दै घेराउ र विरोध प्रदर्शन गरिरहेको बेला प्रहरी र कार्यकर्ताबीच केहीबेर धकेलाधकेलसमेत भएको थियो । अहिले राष्ट्र बैंक अगाडि प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।
सरकारलाई दबाब बढाउने नीति अनुरुप यसअघि शुक्रबार नेविसंघले माइतीघरमा प्रदर्शन गरेको थियो भने शनिबार वाइसिएल नेतृत्वको टोलीले गभर्नरलाई बर्खास्त गरि छानबिन अघि बढाउन प्रधानमन्त्रीलाई भेटेरै ज्ञापन पत्र बुझाएको थियो ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९