प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिरमा नहुने खतरा रहेको आशंका व्यक्त गरेका छन् ।
आज (बुधबार) पार्टीको वागमती प्रदेश भेलामा उनले मंसिरमा गर्नुपर्ने निर्वाचन विभिन्न बहाना बनाएर सार्ने खतरा रहेको बताएका छन् । उनले फागुनमै गर्नुपर्ने स्थानीय तह निर्वाचन वैशाख अन्तिममा मात्र गरिएको पनि बताएका छन् ।
अध्यक्ष ओलीले समयमा नै निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् । निर्वाचनबाट देशका निम्ति काम गर्ने, लोकतन्त्रको रक्षा, विकास गर्ने सरकार आउनुपर्ने उनले बताए । देश मन थाम्न नसक्ने गरी बर्बादीतर्फ जान लागेको उनको भनाइ छ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९