प्रचण्ड र बाबुरामबीच आज पनि भेटवार्ता, के-के भयो कुराकानी?

प्रचण्ड र बाबुरामबीच आज पनि भेटवार्ता, के-के भयो कुराकानी?

बाबुरामलाई प्रचण्डको प्रस्तावः नेकपा (समाजवादी केन्द्र) बनाऔं


प्रचण्ड र बाबुरामबीच आज पनि भेटवार्ता, के-के भयो कुराकानी?

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच आज पनि भेटवार्ता हुने भएको छ । गत बुधबार भेटेका प्रचण्ड बाबुराम पुनः आज पनि भेट्ने तयारी रहेको प्रचण्डको सचिवालयले जनाएको छ । उनीहरु बीचको समय र स्थान भने तय भइसकेको छैन ।

प्रचण्ड र बाबुराम एउटै पार्टीमा हुने गरी सघन छलफल चलिरहेको माओवादी केन्द्रका एक नेताले जानकारी दिएका छन् । प्रचण्ड(बाबुराममा सैद्धान्तिक र वैचारिक विषयलाई मिलाउनु पर्ने भएकाले सघन रुपमा छलफल चलिरहेको ती नेताले जानकारी दिएका छन् । बाबुराम पार्टीको नाम कम्युनिस्टै नराखेर जाने पक्षमा छन् भने प्रचण्ड नाममा कतै न कतै कम्युनिस्ट राखेर जानुपर्ने पक्षमा छन् । अध्यक्ष प्रचण्डले डा। बाबुराम भट्टराईलाई पार्टी एकता गरी नेकपा (समाजवादी केन्द्र) बनाउन प्रस्ताव गरेको स्रोतले जानकारी दिएको छ ।

बुधबार ललितपुरस्थित अध्यक्ष प्रचण्डको एक नातेदारको घरमा नेताद्वयबीच भएको भेटमा अध्यक्ष प्रचण्डले उक्त प्रस्ताव गरेका हुन् । ‘अब पार्टी एकता गरौं र समाजवादी केन्द्र बनाऔं । कम्युनिष्ट पार्टी बनाउँदा नेकपा एकीकृत समाजवादीका साथीहरूसहित एकताको वातावरण बन्छ,’ प्रचण्डले भट्टराईलाई गरेको प्रस्ताव उद्धृत गर्दै स्रोतले भन्यो । भट्टराईले शुरुमा आफू कम्युनिष्ट पार्टीमा नफर्कने बताए पनि छलफल गरेर अगाडि बढ्ने प्रतिक्रिया दिएका छन् ।

प्रचण्ड र बाबुरामबीच एक ठाउँमा हुने सैद्धान्तिक समझदारी भएमा तत्कालीन नेकपा बहुमत सचिवालय समेत एक ठाउँमा हुने गरी छलफल चलिरहेको छ । जसमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा बाबुराम पक्ष, नेकपा राष्ट्रिय एकता अभियान छन् । ती चार पार्टीले आगामी प्रदेश र संघको चुनावसम्म पार्टी एकता नभएपनि एकता संयोजन समिति बनाएर जाने विषयमा छलफल जारी राखेका छन् । उनीहरुले आगामी चुनावमा पनि एउटै घोषणापत्र ल्याउने गरी छलफल जारी राखेका छन् । तत्कालीन नेकपा बहुमत सचिवालय सदस्यहरूबीच अहिलेसम्म दुई पटक भेटघाट भइसकेको छ । यद्यपि, उनीहरुबीचको सहमतिले मूर्तरूप लिइसकेको छैन ।


प्रकाशित मिति: बिहिबार, ५ साउन, २०७९, १३:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९