सहमतिमा नागरिकता विधेयक पारित गर्न माग

सहमतिमा नागरिकता विधेयक पारित गर्न माग


सहमतिमा नागरिकता विधेयक पारित गर्न माग

काठमाडौँ, । तिनिधिसभाको आजको बैठकमा नागरिकताको राष्ट्रियतासँग जोडिएकाले सर्वदलीय सहमतिद्वारा नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ पारित गर्दा माग गरिएको छ ।

सो विधेयकमाथिको दफाबार छलफलका क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का सांसद खगराज अधिकारीले नागरिकतासम्बन्धी विश्वका अन्य मुलुकको अनुभवका आधारमा निर्णयमा पुग्नुपर्ने बताए ।

सोही पार्टीका गङ्गा चौधरी ९सत्गौवा० ले सार्कका अन्य मुलुकका अभ्यासलाई हेरेर नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गर्नेबित्तिकै नभई विवाहको सात वर्षपछि मात्रै विदेशीलाई अङ्गीकृत नागरिकता दिने व्यवस्था गर्न माग गरे ।

बैठकमा संशोधनकर्ता दुर्गा पौडेल, घनश्याम खतिवडा, अञ्जना विसङ्खे, नरबहादुर धामी, डा सूर्यप्रसाद पाठक, गोकुलप्रसाद बास्कोटालगायतले छलफलमा भाग लिए । आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले दफाबार छलफलका लागि प्रस्तुत गर्नुभएको प्रस्ताव पारित भएपछि संशोधनकर्ता सांसदले आफ्नो धारणा राख्नेक्रम सुरु भएको हो ।


प्रकाशित मिति: शुक्रबार, ६ साउन, २०७९, १५:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९