काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिकता ऐन, २०६३ ९पहिलो संशोधन०, विधेयक २०७९ माथि छलफल जारी छ ।
सो विधेयकमाथिको छलफललाई सदनभित्र र बाहिर चासोका साथ हेरिएको छ ।
आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले दफाबार छलफलका लागि प्रस्तुत गरेपछि प्रस्ताव पारित भएपछि संशोधनकर्ता सांसदले आफ्नो धारणा राख्ने क्रम सुरु भएको हो
नागरिकताको अधिकार, राष्ट्र, राष्ट्रियता राष्ट्रिय स्वाधीनतासँग सो विधेयक छिटो पारित गर्न सबै दल सहमत देखिए पनि त्यसभित्रका कतिपय व्यवस्थामा बहस भइरहेको छ । संविधानअनुसार नागरिक विधेयक पहिलोपटक पारित हुने बिन्दुमा पुग्नु सकारात्मक भए पनि नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गर्ने बित्तिकै नभई विवाहको सात वर्षपछि मात्रै विदेशीलाई अङ्गीकृत नागरिकता दिने व्यवस्था गर्न माग आएको छ ।
नागरितासम्बन्धी कानुनको अभावमा नागरिकताविहीन बनेका युवाका लागि यो विधेयक अत्यावश्यक भएको तर नागरिकमाथि समानताको हक कायम गर्न विधेयकमा संशोधन आवश्यक भएको सांसदले औँल्याएका छन् ।
बैठकमा डा भीमबहादुर रावल, कृष्ण राई, सुजिता शाक्य, शेरबहादुर तामाङ, गणेश पहाडी, लालबाबु पण्डित, वीनाकुमारी श्रेष्ठ, झपट रावल, सरिता न्यौपाने, रामकुमारी झाँक्री, वृजेशकुमार गुप्तालगायतले संशोधनसहित छलफलमा भाग लिएका छन्।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९