‘आफ्नै पार्टीका नेताहरुलाई फाँसी दिँइदा कांग्रेसले शहीद मानेन’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका तर्फबाट प्रजातान्त्रिक लडाईंमा शहीद भएकाहरुलाई कांग्रेसले उचित सम्मान नदिएको टिप्पणी गरेका छन् । शहीद भिमदत्त पन्तलाई कांग्रेसले नै टाउको कटाएको उनले आरोप समेत लगाए ।
कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको श्रद्धाञ्जली कार्यक्रममा ओलीले भने, ‘मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री छँदा २०१० सालमा भिमदत्त पन्तको टाउको कांग्रेसले कटाएको थियो । त्यसैले कांग्रेसले भिमदत्तलाई शहीद मान्दैन ।’ भिमदत्त र विद्यार्थी नेता चिनिया काजीको नाम लिँदा कांग्रेसलाई सिरिङ्ग हुने ओलीको टिप्पणी थियो । दुर्गानन्द झाले राजा महेन्द्रको गाडीमाथि बम हान्दा त्यसको जिम्मेवारी कांग्रेसले नलिएको पनि उनले बताएका छन् ।
‘दुर्गानन्द झालाई राजामाथि बम हानेको भनेर फाँसी दिइएको थियो । उनले बम हानेका थिए कि थिएनन् त्यो बेग्लै कुरा हो । हानेका थिए भने त्यो कांग्रेसकै कार्यकर्ताका रुपमा परिवर्तनका लागि हानेका थिए । तर कांग्रेसले त्यसको ओनरसीप लिएन । दुर्गानन्दलाई सहिद मानेनन,’ ओलीले भने ।
कांग्रेसको तर्फबाट आन्दोलन गर्दा यज्ञबहादुर थापा, भिम नारायण श्रेष्ठहरु सहिद भनेको भए पनि कांग्रेसले उनीहरुलाई नसम्झिने गरेको पनि ओलीको आरोप छ । ‘सत्ता स्वार्थका कारण कांग्रेसले आफ्नै आदरणीय नेताहरुलाई फाँसी दिइँदा वक्तव्यसम्म जारी गर्न सकेन । सामान्य प्रतिक्रिया पनि दिन सकेन,’ ओलीले भने ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९