प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं काँग्रेसकी नेतृ आरजु राणा देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा। विजय चौथाइवालाबीच भेटवार्ता भएको छ ।
उपचारको क्रममा लामो समयदेखि भारतको दिल्लीमा रहेकी देउवा र चौथाइवालेबीच आज ९बुधबार० भेटघाट भएको हो । छ महिनापछि दिल्लीमा भेटघाट भएको चौथाइवालाले बताएका छन् ।
नयाँ दिल्लीमा साउन ८ गते पाठेघरको शल्यक्रिया सकेलगत्तै आरजुको राजनीतिक दौड शुरु भएको हो । नेपाली कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी आरजुले चौथाइवालेलाई भेटेर राजनीतिक संवाद अघि बढाएकी हुन् । उनी करिब एक महिनादेखि दिल्लीमा छिन् ।
चौथाइवालेले भेटघाटको तस्विर आफ्नो ट्वीटरमा राखेका छन् । भाजपाका विदेश विभाग प्रमुख चौथाइवाले नेपाल भ्रमणमा आएको बेला आरजु देउवाले चौथाइवालेलाई राखी बाँधेकी थिइन् ।
हालै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भाजपाको निमन्त्रणमा दिल्ली गएको बेला आरजु देउवाले पनि भेटघाट गरेका थिए । प्रचण्ड र देउवाबीच भएको भेटघाटलाई लिएर नेपालमा विभिन्न टिकाटिप्पणी भएको थियो ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९