राष्ट्रिय सभा सदस्य उदयबहादुर बोहोराले कारागारभित्र चौकीदार, नाइके र भाइ नाइकेहरूले अर्को शासन चलाइरहेको बताएका छन् । आज ९बिहीवार० राष्ट्रिय सभाको दोस्रो बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक २०७९ माथि छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।
सदस्य बोहोराले कैदीबन्दीहरूसँग भेट्न कारागार प्रशासनले पनि उनीहरूको अनुमति लिनुपर्ने अवस्था रहेको भन्दै त्यस्तो रवैया रोक्नुपर्ने बताए । राजनीतिक बन्दी र अन्य बन्दीलाई गरिने व्यवहार फरक हुनुपर्ने उनले बताएका छन् ।
अर्का सदस्य भैरवसुन्दर श्रेष्ठले कारागारमा पुस्तकालयको व्यवस्था हुनुपर्ने र कैदीबन्दीहरूलाई सीपमूलक तालिम दिनुपर्ने बताए । उनले कैदीलाई अपायक पर्ने ठाउँमा स्थानान्तरण गर्न नहुने बताए । अर्का सदस्य भुवनबहादुर सुनारले कैदीबन्दीहरूलाई कारागारमा चौकीदारबाट ज्यादती हुने गरेको भन्दै त्यस्तो हुन नहुने बताए । उनले कैदीबन्दीलाई सीपमूलक तालिम दिइनुपर्नेमा जोड दिए ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९