छानबिन समितिले जनार्दन शर्माविरुद्ध भेटेन केही प्रमाण

छानबिन समितिले जनार्दन शर्माविरुद्ध भेटेन केही प्रमाण


छानबिन समितिले जनार्दन शर्माविरुद्ध भेटेन केही प्रमाण

चालु आवको बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गराएको भन्ने विषयमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले आज शुक्रबार आफ्नो प्रतिवेदन सभामुखलाई बुझाउने भएको छ । समितिले छानबिनमा ‘केही प्रमाण भेटिएन’ राखेर सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने भएको हो ।

छानबिन समितिले कुनै प्रमाण नदेखे पछि ‘छानबिनमा केही देखिएन’ भन्ने भाषा नै राखेर प्रतिवेदन लेखिएको छ । तर त्यही कुरामा एमाले सांसदले असन्तुष्टि जनाएका हुन् । कल डिटेल नहेरेको, जो व्यक्ति मन्त्रालय आएको थियो उसको बयान नलिएको, सिंहदरबार छिर्ने गेटको सीसीटीभी फुटेज नहेरेकोलगायत विषय प्रतिवेदनमा लेख्नु पर्ने एमालेले अडान लिएको थियो । त्यो कुरामा सत्तापक्षका सांसदहरू सहमत भएनन् ।

उनीहरुले समितिलाई दिएको अधिकार र सीमामा बसेर हेर्दा कुनै प्रमाण नभेटेपछि त्यही लेख्नुपर्ने अडान लिए । विभिन्न पक्षसँग छलफल गरेर समितिले हिजो अन्तिम प्रतिवेदन तयार गरेको छ । प्रतिवेदनलाई अन्तिम रुप दिन हिजो दिनभर समितिको बैठक बसेको थियो । समितिका सभापति लक्ष्मणलाल कणर्ले शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाको समय लिएर प्रतिवेदन बुझाउने समितिका सदस्य सचिव सुरेन्द्र अर्यालले जानकारी दिएका छन् ।

गत असार २२ गते बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले सो सम्बन्धमा छानबिन गर्न ११ सदस्यीय छानबिन विशेष समिति गठन गरिने घोषणा गरेका थिए । समितिमा सांसद खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल (गौतम), प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कणर्, शक्तिबहादुर बस्नेत, सीताराम महतो, सरलाकुमारी यादव र सुरेन्द्रप्रसाद यादव थिए ।

संसदीय छानबिन समिति गठन भएपछि अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका थिए । समितिले पूर्व अर्थमन्त्री शर्मा, अर्थ मन्त्रालयका सचिव, बजेट निर्माणमा संलग्न उच्चपदस्थ कर्मचारीसँग बयान लिएको थियो । समितिलाई १० दिनभित्र प्रतिवेदन दिन भनिएको थियो । तोकिएको समय सीमामा समितिले काम नसकेपछि प्रतिनिधिसभाले ७ दिन समय थप गरेको थियो । समितिको अन्तिम म्याद बिहीबार सकिएको छ ।


प्रकाशित मिति: शुक्रबार, १३ साउन, २०७९, ०७:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९