काठमाडौँ, । नेकपा (एमाले)ले अस्थायी, ज्यालादारी र करारमा कार्यरत कर्मचारीलाई राजनीतिक पूर्वाग्रहका आधारमा बर्खास्त गर्न लागेकोमा आपत्ति जनाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन विभागका प्रमुख किरण गुरुङले आज विज्ञप्ति जारी गर्दै संघ, प्रदेश र स्थानीय सरकारले अस्थायी, ज्यालादारी र करारमा कार्यरत हजारौं कर्मचारीहरूलाई राजनीतिक पूर्वाग्रहका आधारमा बर्खास्त गर्न थालेको कुराप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएका छन् ।
“वर्तमान गठबन्धन सरकार स्थायी कर्मचारीको यो संयन्त्रलाई हतोत्साही बनाउने र दलगत स्वार्थमा प्रयोग गर्ने अनर्थकारी बाटोमा लागेको छ, ” उनले अगाडि भनेका छन्, “एमाले निश्चित विधि र प्रक्रियाबाट नियुक्ति तथा अवकाश पाउने कर्मचारीहरूलाई विधि र प्रक्रियाविपरीत हटाउने र प्रशासनको क्षेत्रमा अराजकता सिर्जना गर्ने गरी सरकारले गरिरहेको कारबाहीको भत्र्सना गर्छ ।”
एमालेले बहालमा रहेका सबै कर्मचारीहरूलाई नियमित रुपमा काम गर्न पाउने गरी पेशागत सुरक्षा सुनिश्चित गर्न सरकारसंग माग गरेको छ ।
देशको स्थायी सरकारका रुपमा रहेको निजामती प्रशासन स्वच्छ, निष्पक्ष, जनउत्तरदायी र मर्यादित हुनुपर्छ भन्ने मान्यता राख्दछ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९