शर्मा फेरि अर्थमन्त्रीमा नियुक्त हुँदै

शर्मा फेरि अर्थमन्त्रीमा नियुक्त हुँदै


 शर्मा फेरि अर्थमन्त्रीमा नियुक्त हुँदै

 बजेट प्रकरणमा विवादित बनेपछि राजीनामा दिएका जनार्दन शर्मा पुनः अर्थमन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् ।

उनलाई आजै शपथ ग्रहण गराउने तयारी छ । शर्माको शपथको कार्यक्रम प्रधानमन्त्री तथा राष्ट्रपतिको कार्यालयले तय गर्ने प्रचण्ड निकटका एक पोलिटब्युरो सदस्यले बताए । बजेट भाषणको अघिल्लो रात अनधिकृत मानिसहरुलाई अर्थमन्त्रालयभित्र छिराएर करका दरमा हेरफेर गरेको भन्दै विवादमा आएपछि २२ असारमा उनले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।

अर्थमन्त्री शर्माले केही व्यवसायीलाई अनुकूल हुने गरी राजस्वका दरहरू हेरफेर गरेको आरोप लागेको थियो । करको दर हेरफेर गर्न उनले बजेट भाषणको अघिल्लो रात (जेठ १४ गते) राजस्व प्रशासनमा लामो समय काम गरेर अवकाश भएका नायब सुब्बा रघुनाथ घिमिरे र अर्का एक चार्टर्ड एकाउन्टेन्टलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको उनीमाथि आरोप लागेको थियो ।

यसअघि पनि पदीय मर्यादा बिर्सेर विभिन्न विवादास्पद काम गरेपछि उनी आलोचित बन्दै आएका छन् । शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले बजेट निर्माणका क्रममा अनियमितता गरेको नदेखिएको ठहर गर्दै सफाइ दिएको छ ।

संसदीय समितिबाट क्लिन चिट पाएका शर्मा फेरि अर्थमन्त्रालयमा फर्किन बाटो खुला भएसँगै माओवादीले उनलाई नै दोहोर्‍याउने भएको हो ।


प्रकाशित मिति: आइतबार, १५ साउन, २०७९, १२:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९