रसुवामा विभिन्न पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश, अध्यक्ष ओलीद्वारा टीका लगाइ पार्टीमा स्वागत

रसुवामा विभिन्न पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश, अध्यक्ष ओलीद्वारा टीका लगाइ पार्टीमा स्वागत


रसुवामा विभिन्न पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश, अध्यक्ष ओलीद्वारा टीका लगाइ पार्टीमा स्वागत

रसुवामा दिन प्रति दिन विभिन्न पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गर्नेको संख्या बढ्दो छ । जिल्लामा ठूला संख्याका नेता तथा कार्यकर्ताहरु नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन । बागमती प्रदेश सचिवालय सदस्य माओबादी केन्द्रका उद्धव रिजालको नेतृत्वमा माओवादी र नेपाली काग्रेसका नेताहरू एमाले प्रवेश गरेका हुन् ।

बागमती प्रदेश सचिवालय सदस्य माओबादी केन्द्रका उद्धव रिजाल, जिल्ला कमिटी सदस्य शंकरप्रसाद न्यौपाने, कालिका गाउँपालिका उपाध्यक्ष रामशरण कुइकेल, चित्रप्रसाद देवकोटा, बलराम ढकाल, तोयानाथ न्यौपाने, मोहनसिङ थिङ, बहादुर लोप्चन , वीर बहादुर थिङ, फुलमाया थिङ, हित बहादुर थिङ लगाएतका नेता तथा कार्यकर्ताहरुले माओवादी तथा नेपाली काग्रेस छाडेर नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

ओली निवास बालकोटमा नवप्रवेशी नेतालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टीका लगाइ पार्टीमा स्वागत गरेका थिए ।  उद्धव रिजाल माओबादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य हुन् । २०४८ नेकपा मसालको सदस्य, २०५१ सालमा नेकपा एकता केन्द्र रसुवा जिल्ला सदस्य २०५५ मा नेपाल राट्रिय शिक्षक संगठन रसुवा जिल्ला अध्यक्ष । २०६४ मा नेकपा माओवादीको सदस्य हाल नेकपा माओवादी बागमती प्रदेश सचिवालय सदस्य हुन् । उनी २०७४ सालमा कालिका गाउँपालिका अध्यक्षमा थोरै मतले पराजय भएका थिए ।

शंकर प्रसाद न्यौपाने नेकपा माओवादी केन्द्रको जिल्ला कमिटी सदस्य तथा कालिका वडा नं २ का इन्चार्ज समेत हुन् । सिताराम पौडेल नेकपा माओवादी केन्द्रका जिल्ला कमीटी सदस्य हुन् । बलरामा ढकाल एकीकृत नेपाल शिक्षक संगठनका सदस्य हुन् । चित्र प्रसाद देवकोटा माओवादी केन्द्रको कालिका गाउँपालिका कमिटी सदस्य तथा कालिका गाउँपालिका वडा नं २ का अध्यक्ष हुन् । बहादुर लोप्चन पुर्ब भोर्ले गाबिस उपाध्यक्ष तथा पालिका कमिटी सदस्य हुन् । मोहनसिङ थिङ जिल्ला कमिटी सदस्य तथा नौकुन्ड ५ वडाअध्यक्षका प्रत्यासी उम्मेदवार हुन् । तोयानाथ न्यौपाने नेपाली काङ्ग्रेस नेता हुन् । वीर बहादुर थिङ गत स्थानीय तहको वडा सदस्य प्रत्यासी हुन् नौकुन्ड ५ बाट ।


प्रकाशित मिति: सोमबार, १६ साउन, २०७९, १७:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९