ओलीको आरोपः सत्ता गठबन्धन लुट्न मात्रै हो, निर्वाचन गराउन सक्दैन

ओलीको आरोपः सत्ता गठबन्धन लुट्न मात्रै हो, निर्वाचन गराउन सक्दैन


ओलीको आरोपः सत्ता गठबन्धन लुट्न मात्रै हो, निर्वाचन गराउन सक्दैन

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान पाँच दलीय गठबन्धन लुटका लागि मात्र बनेको आरोप लगाएका छन् । परराष्ट्र मामिलामा क्रियाशील पत्रकारहरुसँग आज बिहीबार आयोजित अन्तरक्रियाका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले पाँच दल मिल्नुलाई कृत्रिम गठबन्धन भन्दै यसको कुनै उद्धेश्य नभएको पनि बताए । ‘लुटका लागि बनेको गठबन्धन छु, उनले भने, ‘यो सरकारको कुनै उद्देश्य छैन । लुट मच्चाउन जुटेका छन् ।’ अध्यक्ष ओलीले आफूहरुको सरोकार लोकतन्त्रको रक्षा र सही प्रयोग भएको दावी गरे । ‘हाम्रो सरोकार लोकतन्त्रको रक्षा र सही प्रयोग हो । भ्रष्टाचारको सन्दर्भमा यो सरकारबारे केही भनिरहनु नै परेनु, उनले थपे, ‘लेखेर थुप्रै कुरा बाहिर आइसकेका छन् । भ्रष्टाचारको सवालमा त यो सरकारले सबै रेकर्ड तोडिसक्यो ।’

उनले गठबन्धन सरकारले जनतालाई पेलेर जान खोजेको बताएका छन् । यो सरकारले जनमतलाई पेलेर जाने नियत देखियो । बजेट बनाउँदा अनधिकृत व्यक्तिको प्रवेशमा प्रतिपक्ष को हो र भन्ने जनार्दन शर्मा जस्ता मन्त्री छन्’, उनले भने, ‘यो सरकार प्रमाणित रुपमा भ्रष्ट सरकार हो । यसले निर्वाचन गराउन सक्दैन। यो निष्पक्षता, स्वच्छता लागु गर्न नसक्ने सरकार हो ।’


प्रकाशित मिति: बिहिबार, १९ साउन, २०७९, १७:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९