निजामति अस्पतालमा अव अनलाइनबाट भुक्तानी

निजामति अस्पतालमा अव अनलाइनबाट भुक्तानी


निजामति अस्पतालमा अव अनलाइनबाट भुक्तानी


काठमाडौँ, । निजामति कर्मचारी अस्पतालले अनलाइन (विद्युतीय) माध्यमबाट भुक्तानी सेवाको शुरुवात गरेको छ । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीले अनलाइन माध्यमबाट भुक्तानी सेवाको आज शुरुवात गरे । 

अनलाइनबाट भुक्तानी सेवाको शुरुवात गरेपछि अव सेवाग्राहीले मोवाइल बैकिङबाट अस्पतालले स्वास्थ्य सेवाबापतको पैसा तिर्न सक्ने छन् । 

अस्पतालका कार्यकारी निर्देशक डा. विधाननिधि पौडेलले सूचना प्रविधिलाई प्रयोग गरेर छिटो छरितोको लागि भुक्तानी सेवा शुरुवात गरिएको जानकारी दिए । 

“अव विरामीले कुनै पनि स्वास्थ्य परीक्षणको लागि लाइन लागेर पैसा तिर्नु पदैन,” उनले भने “परीक्षणको शुल्क कति लाग्छ भन्ने हामीले जानकारी दिन्छौ । सोही आधारमा क्युआर कोडका माध्यमबाट अनलाइन भुक्तानी गर्न सक्नुहुने छ ।”

पुरै शरिर (होलबडी )को स्वास्थ्य परीक्षणका लागि घरबाट पैसा तिरी अस्पतलामा आएर परीक्षण गराउन सक्ने छन् । अनलाइन सेवा अस्पतालको बेवसाइट वा एपबाट सेवाग्राहीले पाउने छन् । 

यस्तै अस्पतालले ५० प्रतिशत टिकट पनि अनलाइनबाट नै काट्ने व्यवस्था मिलाएको अस्पतालका कार्यकारी निर्देशक डा. पौडेलले जानकारी दिए ।

उनका अनुसार अनलाइनबाट काटिने ५० प्रतिशतमा पनि आधा निजामति कर्मचारी र आधा सर्वसाधारणका लागि छुट्टाइएको छ । ५० प्रतिशत टिकट भनेर लाइन लागेर काट्ने व्यवस्था गरिएको छ । यसअघि २५ प्रतिशत टिकट अस्पतालले अनलाइनबाट काट्ने व्यवस्था गरेको थियो । 

“अनलाइनबाट टिकट काटेर विरामीले सिधै चिकित्सकसंग स्वास्थ्य परीक्षण गराउन सक्छन्” उनले भने, “ हाम्रो प्राविधिक काम सकेपछि सतप्रतिशत विरामीले अनलाइनबाट टिकट काटेर उपचार सेवा लिन सक्नेछन् ।”

यस्तै अस्पतालले टिकट काटिसकेका विरामीको चिकित्सकसंग स्वास्थ्य परीक्षण गराउने पालो पनि अव ‘डिसप्ले’मार्फत हेर्न सकिने व्यवस्था समेत गरिएको छ । विरामीको पालो डिसप्लेमा देखाए अनुसार चिकित्सकलाई आफ्नो स्वास्थ्य परीक्षण गराउने छन् । 

अस्पतालमा राखिएको डिसप्लेमा अस्पतालमा कुन चिकित्सक कति नम्बर कोठामा, शैय्या कति खाली र कति भरिएका छन्, भन्ने कुराको जानकारी समेत दिइएको उनले जानकारी दिए। अस्पतालका

उपसचिव कृष्णप्रसाद सापकोटाले विस्तारै अस्पताललाई ‘डिजिटलाइज्ड’ गरी कागजविहिन बनाइने  बताए । 

चीन सरकारको सहयोगमा निर्माण भएको अस्पतालमा अहिले दैनिक आठ सय विरामी उपचार गर्न आउने गर्दछन । 

 


प्रकाशित मिति: बिहिबार, १९ साउन, २०७९, २०:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९