निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता आह्वान गरेको छ । आयोगले साउन २२ देखि ३१ गतेसम्म कार्यालय समयभित्र दल दर्ताको आह्वान गरेको हो ।
सरकारले आगामी निर्वाचन मंसिर ४ गतेका लागि गर्ने निर्णय गरेसँगै आयोग आन्तरिक तयारीमा जुटेको छ । सोही प्रक्रियाअनुसार दल दर्ताको आव्हान गरेको हो । संविधानको धारा २७१ बमोजिम दल दर्ताको आह्वान गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।
उहाँका अनुसार दल दर्ताको निवेदन दिंदा राजनीतिक दलको विवरण, केन्द्रीय कार्य समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति र दलको केन्द्रीयस्तर र प्रदेश स्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति समेत उल्लेख गर्नुपर्नेछ ।
दल दर्ताका लागि निवेदन दिंदा प्रतिनिधिसभा सदस्यको अलग्गै र प्रदेश सभा सदस्यको हकमा प्रदेशगत रुपमा सात वटै प्रदेशको अलग अलग निवेदन पेश गर्नुपर्ने आयोगले जनाएको छ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९