गठबन्धनका दलहरुले निर्वाचनमा तालमेल गर्नु संविधान विपरीत : नेता रावल

गठबन्धनका दलहरुले निर्वाचनमा तालमेल गर्नु संविधान विपरीत : नेता रावल


गठबन्धनका दलहरुले निर्वाचनमा तालमेल गर्नु संविधान विपरीत : नेता रावल

नेकपा (एमाले) का नेता तथा प्रतिनिधि सभा सदस्य डा.भीम रावलले विपरीत सिद्धान्त हुँदा–हुँदै गठबन्धनका दलहरुले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरीत भएको बताए । शुक्रबार काठमाडौंमा आयोजित एक अन्तक्र्रियामा बोल्दै नेता रावलले गठबन्धनमा आबद्ध राजनीतिक दलहरुको आ–आफ्नो सिद्धान्त भएको बताए ।

उनले गठबन्धनले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरित हुने बताए । उनले जनताको मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा लिने संवैधानिक व्यवस्था भएकोले विपरीत सिद्धान्त भएका राजनीतिक दलहरुले तालमेल गर्नु गलत भएको बताए । नेता रावलले यस प्रकारको गठबन्धनले देशको राजनीतिलाई सिद्धान्तहिन, आर्दशहीन र गन्तव्यहीन दिशातर्फ धकेल्ने बताए । आगामी निर्वाचनमा सबै राजनीतिक दलहरुले आ–आफ्नो सिद्धान्त र नीतिमा अगाडि बढेर आफ्नो घोषणापत्रका आधारमा मत माग्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘पाँचदलीय गठबन्धनका बैठकहरु हेर्दा ति राजनीतिक दलहरुले विपरीत सिद्धान्त हुँदाहुँदै पनि तालमेल गर्ने कुरा अगाडि सारेको हामीले पाएका छौँ । यसरी आम निर्वाचनमा विपरीत सिद्धान्त भएका राजनीतिक दलहरुले तालमेल गर्ने कुरा यो नेपालको संविधानको धारा २६९ को विरुद्धमा छ । अहिले जो–जो नेताहरु त्यो पाँच दलको सबभन्दा माथिल्लो तहमा हुनुहुन्छ । उहाँहरुले के कुरा सम्झना गर्नुपर्छ भने नेपालको संविधान निर्माण गर्ने बेलामा, मस्यौदा गर्ने बेलामा उहाँहरुले यो दलीय प्रतिष्पर्धामा जनताको मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा माग गर्ने कुराप्रति उहाँहरुको प्रतिबद्धता थियो भन्ने कुरा यतिबेला उहाँहरुले स्मरण गर्नुपर्छ ।’

उनले थपे, ‘हुनत राजनीतिमा विकृतिको डंगुर भएको, अहिले काठमाडौंमा जुन फोहोरको डंगुर लागेको छ नि, मलाई त कहिलेकाहीँ कस्तो लाग्छ भने यो काठमाडौंको फोहोरको डंगुर यो सरकारको राजनीतिको फोहोरको डंगुरको प्रतिकात्मक स्थिति हो जस्तो लाग्छ । यसले सिद्धान्तहीन, आदर्शहीन र गन्तव्यहीन राजनीतितर्फ देशलाई धकेल्छ । त्यसकारण आगामी निर्वाचनमा यस्तो खालको सिद्धान्तहीन, गन्तव्यहीन, आदर्शहीन, मूल्यहीन, मान्यताहीन राजनीतिको बाटो होइन आ–आफ्नो सिद्धान्त र नीतिमा राजनीतिक दल अगाडी बढ्नुपर्छ ।’

उनले फेरि भने, ‘उनीहरुले त्यो घोषणापत्रको आधारमा जनतासँग मत माग्नुपर्छ । जनताले जसलाई बहुमत दिन्छ त्यसले सरकार चलाउने हो । यदि कसैले बहुमत ल्याएन भने समान राजनीतिक दृष्टिकोण, विचार, कार्यक्रम या कतिपय विषयहरुमा समान धारणा भएका राजनीतिक दलहरुले मिलेर संयुक्त सरकार गठन गर्ने हो ।’ उनले नेकपा (एमाले) को समान विचार, समान दर्शन र समान कार्यक्रम भएका राजनीतिक दलहरुलाई मात्र एक ठाउँमा ल्याउने नीति रहेको स्पष्ट पारे ।


प्रकाशित मिति: शुक्रबार, २० साउन, २०७९, २०:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९