निजामती अस्पतालमा तीन बुँदे सहमति, साढे दुई बर्षदेखिको आन्दोलन फिर्ता

निजामती अस्पतालमा तीन बुँदे सहमति, साढे दुई बर्षदेखिको आन्दोलन फिर्ता


निजामती अस्पतालमा तीन बुँदे सहमति, साढे दुई बर्षदेखिको आन्दोलन फिर्ता

काठमाडौँ । निजामित कर्मचारी अस्पताल र आन्दोलन चिकित्सक तथा कर्मचारीबीच सहमति भएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा विधाननिधि पौडेल, डाक्टर एसोसिएसन अफ सिभिल सर्भिस अस्पतालका अध्यक्ष डा सुमनबाबु मरहठ्ठा र अस्पताल निजामति कर्मचारी युनियनका अध्यक्ष सन्तोष धिमालबीच तीन बुँदे सहमति भएको अस्पतालका आर्थिक तथा प्रशासन विभाग प्रमुख कृष्ण सापकोटाले जानकारी दिए । 

सहमतिअनुसार चिकित्सक र कर्मचारीले विगत साढे दुई वर्षदेखि आन्दोलन गर्दै आएको सबै कार्यक्रम फिर्ता भएका छन् ।

उनका अनुसार सहमतिअनुसार चिकित्सक र कर्मचारी सङ्घले राखेका मागलाई सम्बोधनका लागि अस्पताल व्यवस्थापन समितिमा पेश गर्ने र कर्मचारीसँग सरोकार राख्ने विषयमा कर्मचारी सङ्घसँग छलफल गरिनेछ । 

डाक्टर्स एसोसिएसन अफ सिभिल सर्भिस अस्पतालका अध्यक्ष डा मरहठ्ठाले आफूले उठाएका माग सम्बोधन गर्ने भएपछि केही समयका लागि आन्दोलन स्थगित गरेको बताए ।

“सर्वोच्च अदालतले पनि एकपटकका लागि  सीमित आन्तरिक प्रतियोगित गरिस्थायी गर्ने आदेश दिएको छ,” उनले भने, “स्थायी गर्ने प्रक्रियामा अस्पतालले अगाडि बढाउने र हाम्रा अधिकांश माग पूरा गर्ने सहमति भएको छ ।”

सहमतिपछि अस्पताललमा चिकित्सक र कर्मचारी सङ्घले आफ्ना माग राखि टाँगिएको कालो ब्यानर हटाइएको छन् । विभिन्न आठ बुँदे माग राखी चिकित्सक र कर्मचारी आन्दोलनरत रहेका थिए । 


प्रकाशित मिति: शुक्रबार, २० साउन, २०७९, २२:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९