एमाले ढाल्न प्रचण्ड र माधव कांग्रेसको बींड बने : अध्यक्ष ओली

एमाले ढाल्न प्रचण्ड र माधव कांग्रेसको बींड बने : अध्यक्ष ओली


एमाले ढाल्न प्रचण्ड र माधव कांग्रेसको बींड बने : अध्यक्ष ओली

काठमाडौँ । – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसलाई बन्चरो, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई त्यसको बिँडको रुपमा ब्याख्या गरेका छन् ।  ।

आज यहाँ  आयोजित अगुवा कार्यकर्ता भेलामा अध्यक्ष ओलीले कांग्रेसलाई विगतमा २३ सिटमा खुम्च्याइदिएर कम्युनिष्टलाई ठाडो शिर गरेर हेर्न नसक्ने बनाइ दिएको तर अहिले कम्युनिष्टलाई हराउन कम्युनिस्ट नै कांग्रेसको बींड बनेको बताए ।

कार्यक्रममा बोल्दै उनले बिँड बिनाको बन्चरोले रुख ढाल्न नसक्ने र एमाले रुपी रुख ढाल्न प्रचण्ड र माधव नेपालले बिँडको भूमिका खेलेको बताए ।

दुई तिहाईको कम्युनिष्ट सरकार तिनै बिँडले ढालेको भन्दै प्रचण्ड र माधव नेपालको पछि लाग्ने कार्यकर्तालाई कम्युनिष्ट पार्टी सिध्याउने बिँडको भूमिकामा नलाग्न सम्झाउने अभियान थाल्न आग्रह गरे । 


प्रकाशित मिति: शनिबार, २१ साउन, २०७९, २१:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९