मन्त्रालयले भन्यो, –सङ्क्रमणबाट मृत्युमध्ये ७५ प्रतिशतले खोप लगाएका छैनन

मन्त्रालयले भन्यो, –सङ्क्रमणबाट मृत्युमध्ये ७५ प्रतिशतले खोप लगाएका छैनन


मन्त्रालयले भन्यो, –सङ्क्रमणबाट मृत्युमध्ये ७५ प्रतिशतले खोप लगाएका छैनन

काठमाडौँ, । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुने अधिकाङ्शले खोप नलगाएको जनाएको छ । 

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार अहिलेसम्म मृत्यु भएकामध्ये ७५ प्रतिशतले कोरोना भाइरस विरुद्धको खोप लगाएका छैनन् । 

उनले कोरोना भाइरस विरुद्धको खोप नलगाएकाहरु उच्च जोखिममा भएकोेले खोप लगाउन आग्रह गरे । 

“खोप नलगाएकाहरु उच्च जोखिममा रहेकोले खोप नलगाउनु भएका सवैले आफ्नो नजिकको  स्वास्थ्य सङ्स्थामा गई आवश्यकता अनुसार पहिलो, दोस्रो र बुष्टर मात्रा खोप लगाउन आग्रह गर्दछौ” उनले भनेका छन् । 

आज मात्र कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको निधन भइको छ । अहिलेसम्म ११ हजार ९७४ जना सङ्क्रमणको कारणले मृत्यु भएको छ । 

नेपालमा सङ्क्रमणको कारणले प्रति दशलाखमा ४१०.२ जनाको निधन भइसकेको छ । 

मन्त्रालयका अनुसार खोप नलगाएको मानिसलाई कोभिड–१९ सङ्क्रमण भयो भने त्यस्ता मानिस गम्भिर रुपमा विरामी पर्ने र मृत्यु हुने सम्भावना खोप लगाएको मानिसको तुलनामा १० गुणा बढी हुने गर्दछ । 

यस्तै पहिलो र दोस्रो खोप लगाएकाहरुले बुष्टर मात्रा लगाउन आग्रह गयिरएको छ । बुष्टर मात्रा खोपले गम्भिर विरामी पर्ने वा मृत्यु हुनबाट लगभग ८५ प्रतिशत सुरक्षा प्रदान गर्दछ । 

सरकारले लक्षित जनसङ्ख्याको ९३.३ प्रतिशत पहिलो मात्रा र ८८.५ प्रतिशत दोस्रो मात्राको खोप लगाइसकेका छन् । 

मन्त्रालयले कोभिड–१९ बाट सङ्क्रमित ५० प्रतिशत मानिसमा कुनै पनि लक्षण नदेखिएकोले सङ्क्रमणबाट बच्नका लागि खोप लगाउन आग्रह गरिएको छ । 

मन्त्रालयले सङ्क्रमणबाट बच्नका लागि नाक, मुख छोपिने गरि सही तरिकाले मास्क लगाउन, भौतिक दुरी कायम गर्न, खोक्दा वा हाच्छ्यु गर्दा पाखुरादेखि नाडीसम्मको भागले छोप्न, झ्याल सधै खुला राख्न र वेलाबेलामा सावुन पानीले मिचिमिचि हात धुन आग्रह गरेको छ । अहिले दैनिक एक हजारभन्दा बढी सङ्क्रमण देखिने गरेको छ । 

 


प्रकाशित मिति: मंगलबार, २४ साउन, २०७९, २१:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९