प्रधानमन्त्री देउवा र डा. भट्टराईबीच भेटमा के कुरा भयो ?

प्रधानमन्त्री देउवा र डा. भट्टराईबीच भेटमा के कुरा भयो ?


प्रधानमन्त्री देउवा र डा. भट्टराईबीच भेटमा के कुरा भयो ?


काठमार्डाँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईसहितका नेताहरूले भेटवार्ता गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरूबीच सत्ता गठबन्धन, आगामी निर्वाचनमा चुनावी तालमेल, समसामयिक राजनीतिक विषयमा छलफल भएको समाजवादी पार्टीका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जानकारी दिए  ।

भेटमा प्रधानमन्त्री देउवाले सो पार्टीलाई गठबन्धनमा सामेल गर्ने सम्बन्धमा आफू सकारात्मक रहेको र यस सम्बन्धमा गठबन्धनका अन्य घटकसँग पनि सल्लाह गर्ने बताउनुभएको केन्द्रीय सदस्य पाण्डेले बताए ।

भेटमा डा. भट्टराईले आफ्नो दललाई पनि गठबन्धनमा सहभागि गराउन आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्री देउवाले गठबन्धनका दलसंग छलफल गरेर जानकारी गराउने बताएका थिए । 

समाजवादी पार्टीका अध्यक्ष भट्टराईले सत्ता गठबन्धन बनाउन आफूहरुको पनि महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सहकार्यका लागि इच्छुक रहेको बताएका थिए ।

भेटमा समाजवादी पार्टीका अर्का अध्यक्ष महेन्द्र यादव पनि सहभागी थिए । डा भट्टराईलगायतका नेताहरुले जनता समाजवादी पार्टीबाट हालै अलग भएर सो पार्टी स्थापना गरेका हुन् ।


प्रकाशित मिति: मंगलबार, २४ साउन, २०७९, २१:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९