गगन थापाको अध्यक्षतामा कांग्रेसको पदाधिकारी बैठक

गगन थापाको अध्यक्षतामा कांग्रेसको पदाधिकारी बैठक


गगन थापाको अध्यक्षतामा कांग्रेसको पदाधिकारी बैठक

काठमाडौं ।  नेपाली कांग्रेसको बुधबार बोलाइएको पदाधिकारी बैठक महामन्त्री गगन थापाको अध्यक्षतामा बसेको छ ।

सभापति शेरबहादुर देउवा र दुई उपसभापति पूर्णवहादुर खड्का र धनराज गुरुबैठकमै अनुपस्थित भएपछि बुधबार बोलाइएको कांग्रेसको पदाधिकारी बैठक महामन्त्री गगन थापाको अध्यक्षतामा बसेको हो ।
गगन थापा कांग्रेसको महामन्त्री र उनीभन्दा माथि काग्रेसको वरियतामा पार्टीका उपसभापति, सभापति लगायतका नेताहरु छन् । 

१४ औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएपछि थापाले पहिलो पटक कांग्रेसको बैठक अध्यक्षता गरेका हुन् ।

सभापति देउवाले कार्यब्यस्तता देखाएका छन् । उपसभापति खड्कालाई कोरोना संक्रमण भएको छ भने अर्का उपसभापति गुरुङ अष्ट्रेलिया भ्रमणमा छन् । सोही कारण पनि आजको पदाधिकारी बैठकको अध्यक्षता महामन्त्री थापाले गर्न पाएका हुन् ।

काग्रेसले आगामी साउन ३० र ३१ गते स्थानीय तहमा निर्वाचित जनप्रतिनिधीलाई अभिमुखिकरण कार्यक्रम राखेको छ । त्यसैको तयारीका लागि कांग्रेसको पदाधिकारी बैठक बोलाइएको हो ।


प्रकाशित मिति: बुधबार, २५ साउन, २०७९, १३:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९