बाँकेका ३ क्षेत्र कसको पल्ला भारी?

बाँकेका ३ क्षेत्र कसको पल्ला भारी?


बाँकेका ३ क्षेत्र कसको पल्ला भारी?

नेपालगञ्ज ।  मंसिर ४ गते हुने प्रतिनिधिी सभा तथा प्रदेशसभा निर्वाचनको चर्चा सुरु भएको छ । बाँकेमा प्रतिनिधीसभाका ३ र प्रदेशसभाका ६ निर्वाचन क्षेत्रमा सम्भावित उम्मेदवाहरुको चर्चा हुन थालेको छ ।  सत्ता गठबन्धन र नेकपा एमालेबीच मुख्य प्रतिष्पर्धा हुने अवस्थामा एउटै पार्टीभित्र पनि एक भन्दा बढि दाबेदारहरु देखिएका छन् । 

क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नेता तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक सहित, कृष्ण केसी, नेपाली काँग्रेसका पोषण केसी, माधवराम खत्री र जिल्ला सभापति नारायणप्रसाद गौडेलको नाम चर्चामा रहेको छ । उनीहरु मध्येबाट प्रतिनिधीसभा र प्रदेशसभामा उम्मेदवार बनाइने नेताहरुको भनाई छ । प्रदेशमा पाका नेता बलराम शर्मा, फुलाराम थारुको पनि चर्चा छ ।  यसैगरी नेकपा एसबाट अशोक कोइरालाको चर्चा छ । एमालेबाट केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुर्य ढकाल, पुर्ब सांसद देवराज भार संघीय सांसदका दावेदार रहनुभएको छ । यसैगरी प्रेम भुसाल, सोहनलाल यादव, तुलसीराम थारु लगायत प्रदेश सांसदको दावेदारको रुपमा देखिएका  छन् । 
२०७४ को निर्वाचनमा क्षेत्र नम्बर १ मा वाम गठबन्धनका तर्फबाट अथकले ३१ हजार १७३ मत प्राप्त गरि विजयी भएका थिए । काँग्रेसका खत्रीले २८ हजार २१७ र संघीय समाजवादी फोरमका लालवहादुर शाहले चार हजार ५८८ मत प्राप्त गरेका थिए । 

यसैगरी प्रदेश क मा वाम गठबन्धनका तर्फबाट कृष्ण केसीले  १३ हजार ४३६ मत प्राप्त गरी विजयी भएका थिए । काँग्रेसका शरदचन्द्र वर्माले १० हजार २४० र फोरमका कमसर खाँले चार हजार ५५३ मत प्राप्त गरेका थिए । 
यसैगरी प्रदेश ख मा वाम गठबन्धनका तर्फबाट एमालेका आरती पौडेलले १९ हजार ३८९ मत प्राप्त गरि विजयी भएका थिए ।  काँग्रेसका गौडेलले १५ हजार २०५ मत प्राप्त गरेका थिए ।  क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका तर्फबाट जसपाका नेता तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई निर्वाचन लड्ने बलियो सम्भावना छ । काँग्रेसबाट यस क्षेत्रमा गजेन्द्र हमाल, सुरेन्द्र हमाल, राजकुमार वर्मा, उमा थापा, निरञ्जनसिंह सिंजापति लगायतको नाम चर्चामा रहेको छ । उनीहरुमध्ये प्रदेशका उम्मेदवार पनि हुन सक्ने बताइएको छ ।  गत निर्वाचनमा मन्त्री राई २१ हजार ५७५ मत प्राप्त गरेका थिए । वाम गठबन्धनबाट एमालेका पशुपति दयाल मिश्राले १५ हजार ९५१ र नेपाली काँग्रेसको समर्थनमा राप्रपाका ओमप्रकाश आजादे ११ हजार ६२२ मत प्राप्त गरेका थिए । 

प्रदेश क मा फोरम नेपालका विजय यादव ११ हजार ५७४ मत प्राप्त गरि विजयी भएका थिए । काँग्रेसका निरञ्जन सिंह सिँजापतिले ७ हजार ७५१ र वाम गठबन्धनका कामता खटिकले चार हजार ८९८ मत प्राप्त गरेका थिए । फोरमबाट विजयी यादव पार्टी परित्याग गरि पत्निलाई एमालेबाट यसअघि भएको स्थानीय तहको निर्वाचनमा एमालेबाट डुडुवा गाउँपालिकामा अध्यक्षको उम्मेदवार बनाएपनि सफल हुन सकेनन् ।  यसपटकको निर्वाचनमा राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणा पनि क्षेत्र नम्बर २ बाटै प्रतिष्पर्धामा तयारीमा रहेका छन् । 

यसैगरी प्रदेश ख बाट काँग्रेसका सुरेन्द्र हमाल ९ हजार २११ मत प्राप्त गरि विजयी भएका थिए । फोरमका दुर्गेश बैश्यले ८ हजार ४३२ र एमालेका पशुपति दयामल मिश्राले ५ हजार ३२७ मत प्राप्त भएका थिए । यसपटक एमालेबाट केन्द्रीय सदस्य मोहम्मद हारुनको दावी संघीय सांसदमा रहेको छ । यसैगरी पुबृ जिल्ला अध्यक्ष निरक गुरुङ,नगर अध्यक्ष दत्तप्रसाद आचार्य, समाजसेवी, डेकनाथ गौतम, कृष्णप्रसाद श्रेष्ठ लगायतको नाम पनि चर्चामा छ । हारुन संघीय सांसदमा प्रतिष्पर्धा गर्ने भएपनि अन्यलाई प्रदेशमा मौका दिइनेछ । पुर्व जिल्ला अध्यक्ष गुरुङले प्रदेश क(डुडुवा गाउँपालिकासहितको) बाट निर्वाचनमा प्रतिष्पर्धा गर्ने भन्दै आन्तरिक तयारी अघि बढाएका छन्  । 

क्षेत्र नम्बर ३ मा गठबन्धनबाट नेपाली काँग्रेसका मेघराज वली, लक्ष्मी नारायण शाह, उत्तमराज घिमिरे, कृष्णमान श्रेष्ठ, कृष्ण विक, नेकपा एकीकृत समाजवादीबाट पुर्व मन्त्री दलबहादुर सुनार र माओवादी केन्द्रबाट प्रदेश सांसद आईपी खरेलको नाम चर्चामा रहेको छ ।  एमालेबाट संघीय सांसदमा युवा नेता रत्न खत्रीले निर्वाचनको आन्तरिक तयारी अघि बढाएका छन् ।  यसअघि प्रदेशसभामा टिकट पाउने निश्चित भएपनि गठबन्धनका कारण अन्तिम समयमा नाम कटेका कारण यसपटक खत्रीले टिकट पाउने र उनीमाथी न्याय हुने अधिकाँश कार्यकर्ताहरुको बिश्वास रहेको छ ।  अखिलको प्रचार विभाग प्रमुख भएपछि करिब १३ बर्षदेखि निरन्तर पार्टीको पदाधिकारी रहँदै आएका खत्रीको निरन्तरता, सक्रियता र लोकप्रिय छवीका कारण निर्वाचनमा सफलता प्राप्त हुने एमाले कार्यकर्ताहरुको बिश्वास छ । 

पार्टी संगठनमा लामो समयदेखि क्रियाशिल खत्रीलाई गठबन्धनसँग प्रतिष्पर्धा गर्न सक्ने उम्मेदवारको रुपमा हेरिएको छ । एमालेबाट प्रदेश सांसद बाबुराम गौतम, जिल्ला अध्यक्ष किस्मत कक्षपति,उपाध्यक्ष डिल्ली बिसी, नेताहरु पदम धिताल, घननाथ खनाल मानबहादुर रुचाल, भिम ओली, सतिश निरौलाले पनि आफुलाई सम्भावित उम्मेदवारको रुपमा अघि सारेका छन् ।  क्षेत्र नम्बर ३ मा गत निर्वाचनमा वाम गठबन्धनबाट एमालेका नन्दलाल रोकाक्षेत्री ३१ हजार ६०१ मत प्राप्त गरि विजयी भएका छन् । यसैगरी काँग्रेसका वादशाह कुर्मीले २६ हजार ६१७ मत प्राप्त गरेका थिए ।

प्रदेश क मा वाम गठबन्धनका खरेल १६ हजार ६७५ मत प्राप्त गरि विजयी भएका थिए । काँग्रेसका चन्तराम थारुले १४ हजार ९८१ मत प्राप्त गरेका थिए । प्रदेश ख मा वाम गठबन्धनका बाबुराम गौतम ११ हजार ८७७ मत प्राप्त गरि विजयी भएका थिए । काँग्रेसका लक्ष्मी नारायण शाहले ७ हजार ५९९, स्वतन्त्र विजय पाठकले ४ हजार २४० मत प्राप्त गरेका थिए  । 


प्रकाशित मिति: बिहिबार, २६ साउन, २०७९, १६:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९