आरोपहरूको खण्डन गर्दै रवि लामिछानेले भने मेराविरुद्ध कुनै मुद्दा छैन, रहे अघिल्लो जन्मको समेत तिर्छु

आरोपहरूको खण्डन गर्दै रवि लामिछानेले भने मेराविरुद्ध कुनै मुद्दा छैन, रहे अघिल्लो जन्मको समेत तिर्छु


 आरोपहरूको खण्डन गर्दै रवि लामिछानेले भने मेराविरुद्ध कुनै मुद्दा छैन, रहे अघिल्लो जन्मको समेत तिर्छु

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आजको मितिसम्म आफूविरुद्ध कुनै मुद्दा र लेनदेनको विषय बाँकी नभएको दावी गरेका छन् । सामाजिक सञ्जालमा रवि लामिछानेविरूद्ध धेरै मुद्दाहरू बाँकी रहेको अमेरिकामा हुँदा लेनदेनको विषयहरू पनि यथावत् नै रहेका आरोपहरूको खण्डन गर्दै लामिछानेले उक्त कुरा बताएका हुन् । उनले अमेरिकाको नागरिकको नागरिकता समेत लिएको आरोप उनलाई लाग्ने गरेको छ ।

उनले सामाजिक सञ्जालमा थुप्रै आरोपको खण्डन गर्दै लेखेका छन्, ‘अमेरिकामा आफ्नो जायजेथा बेच्दा, सबै ऋण नतिरी बेच्न मिल्दैन । मैले सबै तिरोतारो सकिसकेंको छु । न मेरो ऋण बाकी छ न मेरो नाममा कुनै सम्पत्ती नै छ । प्रक्रिया त सबैले पूरा गर्नु पर्छ । ‘ओपन’ लेखिएको एउटा केसमा तिर्नु पर्दैन भनेर वादीले नै फिर्ता गरेको ’डिसमिस’ लेखेकै छ । यी सबै मेरो व्यवशायसँग सम्बन्धित क्रेडिटर र भेन्डरसँगका विषय हुन् ।’

उनले आफूसँग सम्बन्धित विषयमा भागेको, लुकेको, ठगेको केही पनि नभएको बताउँदै नियतवश ब्यक्तिगत लेनदेन समेत गरि कसैलाई केही तिर्नु पर्ने बाँकी नराखेको बताएका छन् । उनले लेखेका छन्, ‘फेरि निकै वर्ष भयो । मैले त भुली पनि सकें तर मलाई सम्झेर यति पुरानो कुरा खोजेर यो जानकारी उपलब्ध गराउने शुभ चिन्तकहरु प्रति आभारी छु । यो दुनियाँमा आजका मितिसम्म मेराविरुद्ध कुनै मुद्दा भएको मलाई जानकारी छैन । थाहा पाएं भने अघिल्लो जन्मको समेत तिर्छु । शुभ चिन्तक हुन् त मेरा जस्ता जो संसार भुलेर मेरो चिन्ता गर्छन् ।’


प्रकाशित मिति: बिहिबार, २६ साउन, २०७९, १६:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९