केपी ओलीको अध्यक्षतामा निर्वाचन परिचालन र घोषणापत्र कमिटी

केपी ओलीको अध्यक्षतामा निर्वाचन परिचालन र घोषणापत्र कमिटी


 केपी ओलीको अध्यक्षतामा  निर्वाचन परिचालन र घोषणापत्र कमिटी


काठमाडौँ, । नेकपा (एमाले)ले पार्टीको केन्द्रीय कमिटी बैठक अगामी भदौ १० र ११ गते बोलाएको छ । 

आज बसेको सचिवालय बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारी गर्नका लागि भदौ १० र ११ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

बैठकले पार्टी स्थायी कमिटीको बैठक भदौ ७ गते, पोलिटब्यूरो बैठक भदौ ९ गते वोलाउने समेत निर्णय गरेको छ । 

बैठकले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आठ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा कमिटी गठन गरेको छ । 

कमिटीमा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु अष्ठलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन् ।

बैठकले अध्यक्ष  ओलीको अध्यक्षतामा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । जसमा केन्द्रीय कमिटी, केन्द्रीय निकाय तथा केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारी, प्रदेश कमिटीका अध्यक्ष, पार्टीको केन्द्रीय विभागका सचिवहरु र जनसंगठनका अध्यक्षहरु र महासचिवहरु रहेका छन् । 

 


प्रकाशित मिति: बिहिबार, २६ साउन, २०७९, २१:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९