राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता

राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता


राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा सङ्घीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएको जनाउँदै सो विधेयक आज प्रतिनिधिसभामा फिर्ता पठाएकी छन् ।
      
राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आज जारी गरेको विज्ञप्तिमा प्रतिनिधिसभाका सभामुखबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देशसहित यो विधेयक फिर्ता पठाएको जनाएका हुन् ।

राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको १४ औं दिनमा फिर्ता गरेकी हुन् ।

दुवै सदनबाट पारित भएको विधेयक राष्ट्रपतिको प्रमाणिकरणका लागि पेश गरेको १५  औं दिनमा स्वीकृत गर्नुपर्ने संवैधानिक कानूनी व्यवस्था रहेको छ । 


प्रकाशित मिति: आइतबार, २९ साउन, २०७९, २०:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९