राष्ट्रपति भण्डारीले नागरिकता विधेयक फिर्ता गरेपछि अब के हुन्छ ?

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक फिर्ता गरेपछि अब के हुन्छ ?


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएकी छन् ।

संघीय संसदका दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) बाट पारित भएको उक्त विधेयक प्रमाणीकरणका लागि पेस भएकामा राष्ट्रपतिले उक्त विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएको भन्दै फिर्ता पठाएकी हुन् ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२( बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकोले नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देश सहित यो विधेयक सम्माननीय राष्ट्रपतिज्यूले प्रतिनिधि सभामा फिर्ता पठाउनु भएको छ,’ राष्ट्रपतिको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रपतिले सन्देशसहित विधेयक फिर्ता पठाएपछि त्यसबारेमा संघीय संसदका दुवै सदनले पुनर्विचार गर्नुपर्नेछ । 

राष्ट्रपतिबाट फिर्ता भएको विधेयक सम्बन्धी जानकारी सदनलाई जानकारी दिएपछि बसेको कुनै बैठकमा त्यस्तो विधेयक प्रस्तुतकर्ता सदस्यले विधेयकमाथि सदनमा पुनर्विचार गरियोस् वा पुनर्विचारका लागि विधेयकलाई सम्बन्धित समितिमा पठाइयोस् भनेर प्रस्तुत गर्ने व्यवस्था छ ।


प्रकाशित मिति: आइतबार, २९ साउन, २०७९, २१:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९