प्रधानमन्त्री देउवालाई एमाले महाधिवेशनमा निम्तो

प्रधानमन्त्री देउवालाई एमाले महाधिवेशनमा निम्तो


प्रधानमन्त्री देउवालाई एमाले महाधिवेशनमा निम्तो


काठमाडौं, ४ मङ्सिर । नेकपा (एमाले)ले आगामी महाधिवेशनको उद्घाटन सत्रमा आथितिको रुपमा प्रधानमन्त्री शेरवहादुर देउवालाई निमन्त्रणा गरेको छ । 


प्रधानमन्त्री निवास वालुवाटारमा पुगि प्रधानमन्त्री देउवालाई एमालेका संसदीय दलका नेता सुभास नेम्बाङ र महाधिवेशन अतिथि सत्कार समितिका संयोजक डा. राजन भट्टराईले उद्घाटन समारोहमा आथित्यका लागि निमन्त्रणा पत्र हस्तान्तरण गर्नु भएको एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

एमाले महाधिवेशन यहि मङ्सिर १० देखि १२ गते चितवनमा हुँदै छ । 
उहाँका अनुसार एमालेले उद्घाटन समारोहमा आथित्यका लागि  नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) नेपाल मजदुर किसान पार्टीलाई पनि निमन्त्रणा गरेको छ । 
आजै महाधिवेशन अतिथि सत्कार समितिका संयोजक डा. भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, लोसपाका अध्यक्ष महन्ठ ठाकुर, नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेलाई समेत निमन्त्रण पत्र हस्तान्तरण गरेका थिए ।  

प्रचार विभाग उपप्रमुख थापाले चाँडै नै जनता समाजवादी पार्टीृ (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत अन्य सवै पार्टीलाई महाधिवेशनका लागि निमन्त्रणा गर्ने बताए । 


प्रकाशित मिति: शनिबार, ४ मंसिर, २०७८, १२:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९