स्थानीय चुनावमा राम्रो नतिजा आएको भए राजीनामा दिने थिइनँः रवीन्द्र मिश्र

स्थानीय चुनावमा राम्रो नतिजा आएको भए राजीनामा दिने थिइनँः रवीन्द्र मिश्र


स्थानीय चुनावमा राम्रो नतिजा आएको भए राजीनामा दिने थिइनँः रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रले आफूले दिएको राजीनामा अढाई महिनापछि स्वीकृत भएको र नेतृत्व हस्तान्तरण भएको भन्दै त्यसबाट राहत मिलेको बताएका छन् । स्थानीय निर्वाचनमा अलि राम्रो नतिजा आएको भए आफूले राजीनामा नदिने स्पष्ट पार्दै उनले भनेका छन्, ‘प्रष्ट छुः स्थानीय निर्वाचनमा अलि राम्रो नतिजा आएको भए राजीनामा दिने थिइन । तर नतिजा अति नराम्रो भयो। राजीनामा दिएँ । वास्तविकता यही हो । हल्ला धेरै किसिमको चलाइयो ।’

उनले सामाजिक सञ्जालमा  थप लेखेका छन्, ‘अन्तत्वगत्वाः अढाई महिनापछि साथीहरूले राजीनामा स्वीकृत गरिदिएका छन् र नेतृत्व हष्तान्तरण भएको छ। त्यसबाट राहत मिलेको छ। नयाँ नेतृत्वलाई हृदयदेखिको शुभकामना अर्पण गर्दछु ।’

भोटको लागि भन्दा देशको लागि राजनीति गर्न खोज्दा अलि दुख पाइएको र यो स्वभाविक रहेको उनले बताएका छन् । ‘आउँदा दिनहरूमा म पार्टीभित्र र बाहिर मेरा दृष्टिकोणहरूबारे सक्दो व्याख्या गर्ने प्रयास गर्नेछु । विश्वास दिलाउन प्रयास गर्नेछु । सकेँ भने, सकिहालेँ, सकिन भने मुस्कुराउन र थप प्रयास गर्न छोड्ने छैन । गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो १’, उनले लेखेका छन् ।

राजीनामापछि पनि अझ ठूलो चुनौतीको पहाड चड्ने बताउँदै उनले देशको रुपान्तरणका लागि राजनीतिक(सामाजिक रूपमा ‘मडरेट कन्जरभेटिभ’ धारका सम्पूर्ण व्यक्ति, समूह र पार्टीहरू एक ठाऊँमा आउनै पर्नेमा जोड दिँएका छन् । मिश्रले विचार मिल्नेहरुलाई सम्पर्क गर्न आह्वान गरेका छन् ।

‘आजसम्म मैले जे देखेँ, भोगेँ, बुझेँ, पढेँ, त्यसबाट म पुगेको निष्कर्ष के हो भने, नेपालमा राजनीतिक(सामाजिक रूपमा ‘नरम संवर्धनवादी  र अर्थ(राजनीतिक रूपमा उदार ‘कल्याणकारी’ बाटो नअपनाएसम्म यो देश मरिगए रूपान्तरण हुँदैन,’ उनले लेखेका छन्, ‘यी दुई दर्शनलाई समिश्रण गर्न सक्ने विश्वासिलो पार्टी नेपालमा छैन। एजेण्डामात्र उठाएर पुग्दैन। त्यसका लागि विश्वासिलो शक्ति नै निर्माण गर्नु पर्ने हुन्छ ।’


प्रकाशित मिति: सोमबार, ३० साउन, २०७९, १५:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९