काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम नेकपा (माओवादी केन्द्र)को चुनाव चिन्हबाट निर्वाचनमा भाग लिने भएका छन् ।
माओवादी केन्द्रले आफनो पार्टीको चुनाव चिन्ह्रमा डा. भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई आफ्नो पार्टीको चुनाव चिन्हबाट आगामी निर्वाचनमा भाग लिन दिने निर्णय गरेको छ ।
माओवादी पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादीको स्थायी समिति बैठकले डा. भट्टराई र गौतमको पार्टीलाई आफनो पार्टीको चुनाव चिन्ह्रमा चुनाव लड्न दिने गरी सहमति दिने निर्णय गरेको हो ।
माओवादी केन्द्रका प्रवक्ता कृष्णवहादुर महराले बामदेवको पार्टी र बाबुराम भटटराईको पार्टीलाई माओवादीको चुनाव चिन्ह्रमा चुनाव लड्ने गरी स्थायी समिति बैठकले अनुमोदन गरेको जानकारी दिए ।
यो निर्णयसँगै आजै दिउँसो २ बजे निर्वाचन आयोग पुगेर माओवादी, नेपाल समाजवादी पार्टी र बामदेवको पार्टीले निर्वाचन आयोगलाइ जानकारी गराउनेछन् ।
नेकपा (एमाले)बाट अलग भएका गौतम केही दिन अघि नेकपा पुर्नगठन गर्नुपर्ने भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहालसंग भेट गरेका थिए ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९