मंसिर १२ मा एमाले महाधिवेशनको मत मतपरिमाण

मंसिर १२ मा एमाले महाधिवेशनको मत मतपरिमाण


मंसिर १२ मा एमाले महाधिवेशनको मत मतपरिमाण

 

काठमाडौँ, ३ मङ्सिर

नेकपा (एमाले)ले दशौं महाधिवेशनको नेतृत्व चयनका लागि विद्युतीय मतदानका लागि तयारी पुरा गरेको छ । 

नयाँ नेतृत्वका लागि विद्युतीय मेसिनबाट गरिने मतदानको तयारी पुरा गरिएको एमाले निर्वाचन आयोगका अध्यक्ष डा. बिजय सुब्बाले जानकारी दिए । 
उनका अनुसार महाधिवेशनको उद्घाटन सत्रसकिएपछि मङ्सिर ११ गते उम्मेदवार दर्ता गरिने छ । 

आयोगले निर्वाचनका लागि मतदान सौराहास्थित सेभेन स्टार होटेलको हलमा गर्ने उनले बताए । “हामीले चितवन गरेर मतदान स्थल पनि हेरिसकेको छौ” उनले भने, “बन्दसत्र हुने होटेलेको हलमा हामीले मतदान गर्ने छौ ।”आयोगले मङ्सिर १२ गते निर्वाचन गर्ने तयारी गरेको छ । 


उम्मेदवार दर्ता गरिसकेपछि विद्युतीय मेसिनमा उम्मेदवारको नाम दर्ता गर्नका लागि करिव ८ देखि १० घण्टा लाग्ने छ । 


आयोगका अध्यक्ष डा. सुब्बाले विद्युतीय मेसिनमा नाम दर्ता गराएपछि अर्को दिन मङ्सिर १२ गते विहानैदेखि मतदान हुने बताए । उनका अनुसार एक जना प्रतिनिधिलाई विद्युतीय मेसिनमा मतदान गर्न आधा घण्टा लाग्ने छ । विद्युतीय मेसिनमा मतदान गर्नका लागि १० देखि १२ घण्टा लाग्ने उनले बताए । एमालेले राम–लक्ष्मण भोटिङ मेसिनबाट मतदान गर्ने छ ।

 
“मङ्सिर १२ गते बिहानैदेखि हामीले निर्वाचन गरेर साँझ मतपरिमाण घोषणा गर्ने छौ” उनले भने, “मतदान सकिएपछि मुजुल्का बनाउन दुईतीन घण्टा र गन्नका लागि तीन–चार घण्टा लाग्ने छ ।”
एमालेले निर्वाचन लागि ९० वटा मेसिनको प्रयोग गर्ने छ । तर महाधिवेशन स्थलमा १०० वटा मेसिन लगिने छ । पार्टीको केन्द्रीय कार्यालय, थापाथलीमा महाधिवेशन प्रतिनिधीलाई एमालेले विद्युतीय मेसिनबाट मतदान गर्न सिकाउनका लागि नमुना मतदानको अभ्यास गराइरहेको छ । 

आयोगका अध्यक्ष डा. सुब्बाले महाधिवेशन स्थलमा  तीन वटा मेसिनबाट नमूना मतदान गराइने बताए  । 
राम–लक्ष्मण इनोभेसेनका निर्देशक लक्ष्मण रिमालले मतदान भएको चार घण्टामा नै मतपरिमाण घोषणा गर्ने बताए । “हामीले चितवनमा मतदान स्थल पनि हेरेर आइसकेका छौँ” उनले भने, “ १२ गते विहान ८ बजेदेखि मतदान शुर भएर साँझ ६ बजेसम्म सक्ने हाम्रो तयारी रहेको छ । अनि मतदान सकेको चार घण्टामा नै हामीले मतपरिमाण घोषणा गर्दछौ ।”


उनले महाधिवेनमा सहभागि हुने सबै प्रतिनिधिलाई एक पटक विद्युतीय मेसिनमा नमूना मतदान गराइने बताए । “महाधिवेशनमा सहभागी सबै प्रतिनिधिलाई  एक पटक विद्युतीय मेसिनमा नमुना मतदान गरेर मात्र हामीले मतदान गराउने छौ” उनले भने, “महाधिवेशनस्थलमा पनि हामीले मेसिनमा नमूना मतदान गराउनेछौ ।”


एमालेको महाधिवेशनमा २२५ केन्द्रीय सदस्य, अनुशासन र लेखा आयोगमा १५, १५ जना गरी कुल २५५ पदका लागि  निर्वाचन हुनेछ । ति पदमा गत कात्तिक २७ गते निर्वाचित भएका एक हजार १९९ जना प्रतिनिधिले मतदान गर्ने छन् । 


निर्वाचनमा समावेशीसहित ४८ स्थानका लागि ४८ वटा मतपत्रका स्क्रिन ती मेसिनमा रहने छन् । “जम्मा ४८ थरिका पदका लागि करिव ५०० जना उम्मेदवार हुने हाम्रो अनुमान रहेको छ” निर्देशक रिमालले भने, “सोही अनुसार ती पदमा मतदान गर्नका लागि एक जना प्रनिनिधिलाई आधा घण्टा लाग्ने हाम्रो आकलन रहेको छ ।” 


निर्वाचन आयोगका अध्यक्ष डा. सुब्वाले उम्मेदवारका लागि शुल्कको बारेमा भने अझै निर्णय हुन बाँकी रहेको बताए ।  एमाले महाधिवेशन यहि मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने भएको छ । महाधिवेशनका लागि प्रतिनिधि समेत चयन भइसकेका छन् । 

 


प्रकाशित मिति: शनिबार, ४ मंसिर, २०७८, १२:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९