काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पदः विश्वप्रकाश शर्मा

काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पदः विश्वप्रकाश शर्मा


काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पदः विश्वप्रकाश शर्मा

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जाको विषय भएको बताएका छन् । आज शुक्रवार काठमाडौंमा आयोजित ‘कमरेडको जनै’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले तीन तहको सरकार हुँदा पनि काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद भएको बताएका हुन् ।

उनले यस्तो लज्जित अवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन् । शर्माले फोहोर समस्याको दीर्घकालीन समाधानका लागि सबै राजनीतिक दलहरुले साझा ढंगले सोच्नुपर्ने बताए । महामन्त्री शर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई साथ दिनुपर्ने र बञ्चरेडाँडाँका नागरिकहरुको मागको पनि राज्यले सम्बोधन गर्नुपर्ने बताएका छन् ।

काठमाडौं महानगरका मेयर बालेनलाई सम्पूर्ण साथ दिन पनि उनले आग्रह गरे । ‘बञ्चरेडाँडाँका नागरिकले मागेका सामान्य कुरालाई राज्यले नसुन्नुपर्ने, हामी दलहरुले नबुझ्नुपर्ने हुँदैन’, उनले भने, ‘तीन तहको सरकारले सम्बोधन गर्न नपर्ने भन्ने होइन । एक्काइसौं शताब्दीमा आँगनको फोहोर कसरी सफा गर्ने भन्ने विषय होइन । २१ औँ शताब्दीमा यो विषयलाई सम्बोधन गर्नलाई हामी जुन तहबाट कमजोरी भइरहेको छ, केन्द्र, प्रदेश चाहे स्थानीय तहबाट सम्बोधन गर्नुपर्छ ।’


प्रकाशित मिति: शुक्रबार, ३ भदौ, २०७९, १९:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९