काँग्रेस नेता प्रदीप गिरीको निधन

काँग्रेस नेता प्रदीप गिरीको निधन


काँग्रेस नेता प्रदीप गिरीको निधन

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको निधन भएको छ । ७५ वर्षीय नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा निधन भएको काँग्रेस नेता मीन विश्वकर्माले जानकारी दिए ।

नेता गिरीको विगत तीन सातादेखि मेडिसिटीमा उपचार हुँदै आएको थियो। परिवारको आग्रहमा शुक्रबार उनलाई भेन्टिलेटरबाट निकालेर आइसियूमा राखिएको थियो। गिरी नेपाली कांग्रेसभित्रका बौद्धिक नेताका रुपमा परिचित थिए। क्यान्सर र निमोनियाको जटिलताका कारण उनको निधन भएको हो। सिराहामा जन्मिएका गिरिले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए। उनका पिता नेत्रलाल गिरि कांग्रेसका नेता थिए।

पिताबाट राजनीतिमा लागेका उनी २०१७ सालमा कांग्रेसमा आवद्ध भए। नेता गिरिले २०२५ देखि २०४२ सालसम्म पटकपटक गरि चार वर्ष जेल जीवन बिताए। कांग्रेस केन्द्रीय सदस्य र प्रतिनिधि सभा सदस्य रहेका गिरि अन्य दलका नेता र कार्यकर्तामाझ पनि लोकप्रिय छन्। 


प्रकाशित मिति: आइतबार, ५ भदौ, २०७९, ०७:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९