नेपाली कांग्रेसका विचारक नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधन भएको छ । तीन सातादेखि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत उनको शनिबार राति ९ः३० बजे निधन भएको हो । क्यान्सर र निमोनियाबाट उत्पन्न स्वास्थ्य समस्याका कारण ७५ वर्षको उमेरमा उनको निधन भएको हो ।
गत वर्ष घाँटीमा क्यान्सर देखिएपछि उनलाई उपचारका लागि मुम्बईस्थित हिन्दुजा अस्पताल लगिएको थियो । करिब एक वर्षसम्म गरिएको उपचारबाट पनि सन्तोषजनक नतिजा नआएपछि परिवारले उनलाई नेपाल फर्काएको थियो । साउन ८ गते नेपाल आउना साथ क्यान्सरकै कारण उत्पन्न विभिन्न समस्यासँगै निमोनिया समेत देखिएपछि साउन १० गते उनलाई मेडिसिटीमा भर्ना गरिएको थियो ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९