जनताको सेवक बन्छु भनेकाले नै जनता र देशलाई धोका दिएः ठाकुर गैरे

जनताको सेवक बन्छु भनेकाले नै जनता र देशलाई धोका दिएः ठाकुर गैरे


जनताको सेवक बन्छु भनेकाले नै जनता र देशलाई धोका दिएः ठाकुर गैरे

नेकपा एमालेका केन्द्रीय पोलिटब्युरो सदस्य ठाकुर गैरेले त्यस पाल्पा (२ क्षेत्रबाट प्रतिनिधित्व गर्ने सोम प्रसाद पाण्डेप्रति लक्ष्यित गर्दै छातीमा कलम काँधमा रुख बोकेर हिड्ने र मस्तिष्कमा विदेशीको सेवक बन्नेलाई जनताले विश्वास नगर्ने बताएका छन् । तिनाउ गाउँ कमिटीद्वारा आयोजित पालिका स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै गैरेले नातावादको आडमा पाँच पटकसम्म एमालेको चुनाव चिन्ह लिएर जनताको सेवक बन्छु भनेका, जनताले जिताएर पठाएका मान्छेले आज पाल्पाली जनता र देशलाई धोका दिएको बताएका हुन् ।

एमाले बन्नुपर्ने काङ्ग्रेस बन्ने र काङ्ग्रेस बन्नुपर्ने एमाले बन्दा देश बर्वाद भयो, विदेशी हस्तक्षेप बढ्यो, अराजकता मौलायो तसर्थ सबै कम्युनिस्ट एमालेमा संगठित हुनुपर्ने गैरेको भनाई थियो । दलाल पुँजीको बिरोध गर्दै, राष्ट्रिय पुँजीको बिकास गर्ने एमालेको नीति रहेको बताउँदै एमालेले नागरिकता विधेयक, चुच्चे नक्सा प्रकाशन लगायतका राष्ट्रिय सरोकारको विषयमा राष्ट्रियताको पक्षमा गरेको योगदान सम्झिएर जनताले तिनाउ गाउँपालीको चुनावमा जस्तै प्रदेश र संघीय चुनावमा सूर्य चिन्हमा मतदान गर्ने वातावरण सिर्जना गर्न सबै नेता, कार्यकर्ता खट्नुपर्ने बेला आएको बताए । 

नेकपा एमाले केन्द्रीय सदस्य सिर्जना काफ्लेले महिला आन्दोलन र एमाले विषयमा प्रशिक्षण दिएकी थिइन् । कार्यक्रममा प्रदेश कमिटी सदस्य ओम बहादुर घर्तीले पार्टी संगठन र चुनाव विषयमा बोलेका थिए । पार्टी जिल्ला कमिटी सचिव राजमी पोखरेल, जिल्ला पार्टी स्कुल विभाग प्रमुख दल बहादुर गुरुङ, सचिवालय सदस्य गोमा भण्डारी, तिनाउ गाउँपालीका अध्यक्ष प्रेम श्रेष्ठ, तिनाउ गाउँ कमिटी अध्यक्ष रोम बहादुर लम्तरी, यादव प्रसाद अर्याल लगायतले प्रशिक्षणमुलक मन्तव्य राखेका थिए ।


प्रकाशित मिति: सोमबार, ६ भदौ, २०७९, १७:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९