काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अनाधिकृत रूपमा बनाइएका संरचना आफैँ हटाउन अपिल गरेका छन् ।आज बिहीवार बानेश्वरको अल्फाबिटा कम्प्लेक्समा बेसमेन्टमा पार्किङको अनुमति लिएर बनाइएको अनाधिकृत संरचना हटाएपछि बालेनले फेसबूकमार्फ उक्त अपिल गरेका हुन् ।
'उहाँले आफ्नै नक्सा मलाई माग्नुभयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ रुु बालेनले फेसबूकमा लेखेका छन्, 'अब उपरान्त यस्तो गर्न नपरोस् । सबैले आफैँ बुझेर अवैधानिक रूपमा बनाइएको संरचना हटाइदिनु होला । नक्सा जसरी पास भएको छ, त्यही अनुसार संरचना बनाइदिनुहोला ।'
बिहीवार बिहान बालेन र अल्फाबिटाका प्रतिनिधिबीच नक्साका विषयमा विवाद भएको थियो । अल्फाबिटाका सञ्चालकले बालेनसँग नै नक्सा मागेपछि भनाभन भएको थियो । त्यसपछि बालेनले अफिसबाट नक्सा र डोजर लगेर अल्फाबिटाको संरचना भत्काएका हुन् । उक्त स्थानमा अल्फा केयर फार्मेसी सञ्चालनमा थियो ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९