युवा र नयाँलाई उम्मेदवार बनाऔँ : नेता खिमलाल भट्टराई

युवा र नयाँलाई उम्मेदवार बनाऔँ : नेता खिमलाल भट्टराई


युवा र नयाँलाई उम्मेदवार बनाऔँ : नेता खिमलाल भट्टराई

काठमाडौँ । नेकपा (एमाले)का युवा नेता खिमलाल भट्टराईले नयाँ र युवा नेतालाई आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार बनाउन प्रस्ताव गरेका छन् । 

एमालेको पोलिटव्युरो बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रस्तावमाथि धारणा राख्दै उनले नयाँ र युवा नेतालाई उम्मेदवार बनाउदा गठबन्धनलाई परास्त गर्न सकिने बताएका हुन् । 

उनले गत बैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पनि युवा र नयाँ नेतालाई मतदाताले रुचाएको उल्लेख गर्दै चुनाव जित्नका लागि सजिलो पनि हुने बताए । 

बैठकमा पोलिटव्यूरो सदस्य भट्टराई सहित सुमनराज प्याकुरेल, लिलाबहादुर थापा, रामदयाल मण्डल, निरु पाल, शान्ता चौधरी, कर्ण थापा, जितु गौतम, मञ्जु चौधरी, लालबाबु पण्डित, काशीनाथ अधिकारी, खगराज अधिकारी, बिन्दा पाण्डे, अग्नि खरेल र कृष्ण राईले राजनीतिक प्रतिवेदनमा समावेश गर्नका लागि आ– आफ्ना सुझाव राखेका थिए ।   

भोलि र पर्सि बस्ने केन्द्रीय कमिटी बैठकमा  निर्वाचनका लागि उम्मेदवार छनौट गर्न पार्टीले मापदण्ड बनाउँदै छ । 


प्रकाशित मिति: बिहिबार, ९ भदौ, २०७९, २०:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९